बाँके । बैकिंग कसूर मुद्याको फरार प्रतिबादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँकेको राप्तिसोनारी गाउँपालिका ५ स्थित फत्तेपुरका अशोक कुमार थारुलाई आज बाँके प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउनुभयो ।
उहाँका अनुसार ३६ वर्षिय अशोश थारुलाई बाँकेको जिल्ला अदालतले बैकिंग कसूर मुद्यामा २०७६ साल चैत्र चार गते, त्यसैगरी २०७८ साल भदौ २४ गते र २०८० सालको कार्तिक २१ गतेको फैसला अनुसार बाह्र लाख पचहत्तर हजार रकम सहीत एक वर्ष १५ दिनको कैद तोकेको थियो ।
अदालतको फैसला पश्चात फरार भएका प्रतिबादी थारुलाई आईतबार बाँके प्रहरीले आज पक्राउ गरी जिल्ला अदालतमा बुझाएको प्रहरी प्रवक्ता डाँगीले जानकारी दिनुभयो ।






