बाँके । नेपालगन्ज भन्सार नाकाबाट गत वर्षको तुलनामा यो वर्ष राजश्वमा वृद्धि भएको छ । नेपालगञ्ज भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार चालू आर्थिक वर्षको फागुन सम्ममा गत आर्थिक वर्षभन्दा १.३५ प्रतिशतले राजस्व संकलन बढी भएको छ । गत वर्षको साउनदेखि फागुनसम्ममा ११ अरब ४३ करोड ६२ लाख २९ हजार राजस्व संकलन भएको छ भने । चालु आर्थिक वर्षको फागुनसम्म ११ अरब ५९ करोड ९ लाख ४३ हाजर राजस्व संकलन भएको छ ।
यस वर्षको ८ महिनामा ७ करोड ८९ लाख ९५ हजार बराबरको सामान बरामद भएको छ भने गत वर्ष २ करोड १५ लाख ६३ हजार बराबरको सामान बरामद गरेर भन्सार बुझाईएको छ । फागुनसम्मको लक्ष्य १८ अरब ७७ करोड ४८ लाख २९ हजारको लक्ष्यमा ११ अरब ५९ करोड ९ लाख ४३ हाजर राजस्व संकलन भएको अधिकृत ध्रुवराज विश्वकमाले बताउनुभयो । जस्को लक्ष्यको ६१.७४ प्रतिशत संकलन भएको छ ।
उहाँका अनुसार यस वर्षको फागुनसम्मको आयात ४६ अबर १७ करोड बराबरको सामान आएको छ । गत वर्षको फागुनसम्मको ४३ अरब ३० करोड बराबरको सामान आयात भएको थियो । यो ६.६१ प्रतिशतले बढेको बुझिएको छ । यो वर्षको फागुनसम्ममा १ अरब ५६ करोड बराबरको सामान निर्यात भएको छ भने गत वर्ष १ अरब ५७ करोड बराबरको सामान निर्यात भएको छ । गत वर्षको तुलनामा यो वर्ष १.१९ प्रतिशतले निर्यात घटेको छ ।
यो वर्ष भारतबाट मात्रै ९२.८७ प्रतिशतले सामान आयात भएको छ । ७ प्रतिशत सामान चाईना, ईण्डोनेसिाया, मलेसिया लगाएत अन्य देशबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ । यसै वर्ष भारतमा मात्रै ९९.०७ प्रतिशत सामान निर्यात भएको छ । प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार यात्रु शाखाबाट मात्रै दैनिक साढे २ लाख राजस्व संकलन हुने गरेको छ । सबैभन्दा धेरै आयल निगमबाट राजस्व संकलन हुने गरेको प्रमुख भन्सार अधिकृत विश्वकमाले बताउनुभयो । उहाँका अनुसार ५१ प्रतिशत राजस्व संकलन आयल निगमबाट मात्रै हुने गरेको छ ।
चालु आर्थिक वर्षको चैत महिनाको राजस्वको लक्ष्य २ अरब ४५ करोड ३ लाख ७४ हजार रहेकोमा १७ गते शनिबारसम्म ८० करोड १० लाख ३३ हजार राजस्व संकलन भएको छ । यो भनेको लक्ष्यको ३२.६९ प्रतिशत राजस्व संकलन भएको हो । प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार राजस्व आउने प्रमुख मालबस्तुमा प्रेटोलियम पदार्थ, शुद्ध फलाम, चामल, आलु, टायल, स्टील वायर, सुपारी, भटमासको पीना, एमएस बीलेट, अलकत्रा, फलामे पत्रु र तयारी कपडा आदि रहेका छन् भने नेपालबाट जडीबुटी लगाएतका वस्तुहरु भारत तर्फ निकासी हुने गरेको छ ।






