बाँके । बाँकेका ४६ जना बालबिज्याईँकर्ताहरुले आजाबाट शुरु भएको एसईई परिक्षामा दिंदैछन् । बाँकेको डुडुवा गाउँपालिका स्थित जयेन्दु बाल सुधार गृहबाट ३४ बालबिज्याईकर्ता र नौवस्ता बालसुधार गृहबाट १२ गरी ४६ जना बालबिज्याईँकर्ताहरुले शुक्रबारबाट शुरु भएको एसईई परीक्षा दिन लागेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनभयो ।
उहाँले एसईई परीक्षामा सहभागी सम्पुर्ण बिद्यार्थीहरुलाई बधाई सहित शुभकामना व्यक्त गर्नु भएको छ । ‘आजबाट शुरु भएको एसईई परीक्षामा सहभागी सम्पुर्ण परिक्षार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दछु ।’ परीक्षा स्वछ र मर्यादित हुनेमा विश्वास व्यक्त गर्दै परीक्षा संचालनमा सबै पक्षको सहयोगको अपेक्षा समेत प्रजिअ पोखरेलले गर्नुभएको छ ।
बाँके कारागारबाट १ कैदी बन्दीले पनि एसईई परिक्षा दिन लागेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षालाई मर्यादित तुल्याउन सुरक्षाकर्मीको रोहवरमा मात्र प्रश्न पत्र खोलिएको र बितरण भएको छ । परीक्षा अवधीभरी विद्यार्थी र निरिक्षकले मोबाइल प्रयोग गर्न पाउने छैनन् ।
लैङिक मैत्री ढंगबाट परीक्षा चेक जाँच हुने छ भने मर्यादा बिपरितका कार्य भएको सुचना पाईएमा प्रशासनद्वारा विशेष अनुगमन समेत हुने प्रजिअ पोखरेलले बताउनुभयो । बाँके जिल्लामा आजबाट ३४ वटा परीक्षा केन्द्र मार्फत ९ हजार २ सय ९३ परिक्षार्थीले परीक्षा दिंदैछन् ।







