बाँके । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खजुराले बित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । उक्त संस्थाले शनिबार एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको हो ।
संस्थाले गरेको कार्यप्रति विश्वस्त पार्न, वित्तिय संस्थाबारे भ्रम चिर्न, गुनासो र चुनौती बारे छलफल, धितो कर्जा कसरी चलाउने लगायतका विषयमा केन्द्र प्रमुखहरुलाई प्रशिक्षण गरिएको थियो ।
एक दिने गोष्ठीमा १ सय ९५ केन्द्रका १६१ जनाको उपस्थिति रहेको खजुरा शाखाका प्रबन्धक सञ्जित ओलीले जानकारी दिनुभयो । कार्यक्रममा महिलाहरुलाई विशेष गरी लघुबित्त कर्जा र बचत सम्बन्धि ब्यबसाय दर्ता, ब्यवसाय योजना, कर्जा सदुपयोगिता, वित्तीय ब्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका विषयमा गहन छलफल गरिएको शाखा प्रमुख ओलीले बताउनुभयो ।
साक्षरता कार्यक्रममा उत्कृष्ट कार्य गरेको ५ वटा केन्द्र पुरस्कृत भएका छन् । जसमा १४० केन्द्र नं। जानकी गाउँपालिका वडा नं। ३ मानपुर प्रथम भएको छ । पुरस्कृत ५ वटा केन्द्रलाई संस्थाले कदरपत्र सहित सम्मान गरेको छ ।
उक्त केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रमको अध्यक्षता स्थानिय सरु चन्दले गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि वडा नं. ३ का वडा सदस्य सुमित्रा विश्वकर्माले रहनुभएको थियो ।
कार्यक्रममा केन्द्रीय कार्यालय अन्तरगत कोहलपुर अनुगमन अधिकुत राजेश भण्डारी, शाखा प्रबन्धक सञ्जित ओली, स्थानिय समाजसेवी भक्त बहादुर गोदार, शेषकान्त कडेल, एकनारायण सापकोता लगायतको उपस्थिति रहेको थियो । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय खजुरामा २१८५ सदस्य रहेका छन् ।








