बाँके । नेपालगन्जमा बिहीबारदेखि शुरु हुन गई रहेको लुम्बिनी प्रदेश स्तरीय दुई दिने सुरक्षा गोष्ठीका लागि उप प्रधानमन्त्री एंव गृहन्त्री नारयणकाजी श्रेष्ठ नेपालगञ्ज आईपुग्नु भएको छ । बुधबार साँझ बुद्ध एयरबाट नेपालगञ्ज आईपुग्नु भएका गृहन्त्री श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी श्रवण कुमार श्रेष्ठ, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक कुवेर कडायत लगाएत बाँके स्थित सुरक्षा प्रमुखहरुले नेपालगञ्ज विमान स्थलमा स्वागत गर्नु भएको थियो ।
भोलीदेखि शुरु हुने प्रदेश स्तरीय दुई दिने सुरक्षा गोष्ठीमा लुम्बिनी प्रदेशका १२ जिल्लाका सिडियो लगायत सुरक्षा निकायका प्रमुखहरू, गृहमन्त्रालयका गृह सचिव लगायत उच्च पदस्थ कर्मचारीहरु, प्रदेशका मुख्यन्त्री डिल्ली चौधरी, प्रमुख सचिव राधा अर्याल, गृहमन्त्री सन्तोष पाण्डे, गृह सचिव लाल बाबु कवारी लगाएतको सहभागीता रहने प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो ।
गृहन्त्री श्रेष्ठले बिहीबारदेखि शुरु हुन गईरहेको ‘ट्राफिक सप्ताह २०८०’ को उदघाटन गर्ने कार्यक्रम रहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुबासचन्द्र बोहोराले बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा ‘सडक अनुशासन र सवारी दुर्घटना न्यूनिकरण’ सम्बन्धि उक्त ‘ट्राफिक सप्ताह २०८०’ शुरु हुन गईरहेको छ ।
तस्बिर……..












