बाँके । बाँकेको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी (पप्पु) ले डुडुवाले मुलुकमै केही उत्कृष्ट र फरक काम गरेको बताउनु भएको छ । गाउँपालिका कार्यालयमा आज (शुक्रबार) आयोजित पत्रकार भेटघाटमा उहाँले डुडुवाले उत्कृष्ट र फरक काम गरेको बताउनु भएको हो ।
अध्यक्ष चौधरीले पशु सेवा, स्वास्थ्य, बालिका बीमा लगायतका क्षेत्रमा उत्कृष्ट काम भएको दाबी गर्नुभयो । दोस्रो कार्यकालमा पनि अध्यक्ष निर्वाचित भएर काम गरिरहनु भएका चौधरीले जनतालाई केन्द्रविन्दुमा राखेको जनविकासको काम गरेको बताउनुभयो ।
गाउँसभाको पत्रकार भेटघाटमा अध्यक्ष चौधरीले चालू आर्थिक वर्ष २०७९, ०८० पुस मसान्त सम्मको २६ बुँदे प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । उक्त प्रगती विवरणमा उल्लेख भए अनुसार गाउँपालिकाबाट संचालित घर–घर स्वास्थ्य कार्यक्रमबाट वडा नम्बर १ देखि ६ सम्मका सम्पूर्ण नागरिकहरुलाई घर–घरमा सामान्य स्वास्थ्य परिक्षण र करिब ४२०४६ जनालाई स्वास्थ्य सेवा कार्ड प्रदान गरिएको छ ।
त्यसैगरी गाउँपालिकाबाट संचालित स्वास्थ्य प्रयोगशाला कार्यक्रममा बेतहनीको स्वास्थ्य प्रयोगशालाबाट १६२१ जना, हिरमिनियाको स्वास्थ्य प्रयोगशालाबाट २३७८ जना, कम्दी स्वास्थ्य प्रयोगशालाबाट ७२६ जना गरी करिब ४७२५ जनालाई स्वास्थ्य प्रयोगशाला सेवा प्रदान गरिएको छ । गाउँपालिकाबाट संचालित जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष कार्यक्रममा सबै वडाका जेष्ठ नागरिकहरुको सामान्य स्वास्थ्य परिक्षण, सामान्य प्रयोगशाला (मलेरिया, मघुमेह) सेवा घर–घरमा स्वास्थ्यकर्मीबाट करिब ५३४ जनालाई सेवा प्रदान गरिएको छ ।
गाउँपालिकाबाट संचालित बर्थिंङ्ग सेन्टर बेतहनी स्वास्थ्य चौकीमा दुई सय जना, बनकट्टी स्वास्थ्य चौकीमा ७५ जना, हिरमिनिया स्वास्थ्य चौकीमा १ सय १९ जना र कम्दी स्वास्थ्य चौकीमा ७० जना गरी ४ सय ६४ जनालाई सेवा प्रदान गरिएको छ । गाउँपालिकाभित्र रहेका सम्पूर्ण स्वास्थ्य चौकीहरुबाट बहिरङ्ग (ओ.पि.डी.) सेवा २५ हजार ५ सय १२ जनालाई सेवा प्रदान गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाको सबै वडा कार्यालय, स्वास्थ्य चौकी र मा।वि। स्कूलहरुमा इन्टरनेट सहित इन्टरकम र सी.सी.टी.भी. क्यामरा जडान भई डिजिटल प्रणालीमार्फत कार्य सम्पदानको निगरानी भइरहेको छ । गाउँपालिकाको कृषि विकास शाखाबाट कृषि सहकारीरकृषक समूह र कृषकहरुलाई किटनाषक तथा ढुसीनाषक बिषादी ५ सय ४७ जनालाई निःशुल्क वितरण गरिएको छ ।
यसैगरी गाउँपालिकाको कृषि विकास शाखामा ११ वटा व्यवसायिक कृषकहरुको कृषक समूह दर्ता गरिएको छ भने गाउँपालिकाबाट संचालित बहुबर्षिय आयोजना अन्तर्गत डुडुवा –६ मा निर्माणाधीन शित भण्डारण गृह (कोल्ड स्टोर) को भौतिक प्रगति ५५ प्रतिशत भएकोले यसै बर्ष कार्य सम्पन्नमा जोड दिई संचालन ल्याइने छ ।






