बाँके । कोहलपुर नगरपालिकाले आयोजना गरेको सातौं नगरस्तरीय मेयर कप तथा १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगितामा विद्यालयहरूले फर्जी खेलाडी खेलाएको भन्ने विषयमा सत्यतथ्य छानबिन गर्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको छ ।
कोहलपुर नगरपालिकाको सामाजिक विकास समितिका संयोजक संयोजक ईश्वरीप्रसाद विश्वकर्माले शुक्रबार प्रतिवेदन सावर्जनिक गर्दै प्रतियोगितामा सहभागिता जनाएका विद्यालयमध्ये ६ वटा विद्यालयले फर्जी खेलाडीसम्बन्धी अनियमितता गरेको निष्कर्ष निकालिएको बताउनुभयो ।
उक्त प्रतिबेदन अनुसार नेपाल राष्ट्रिय माध्यामिक विद्यालय खड्कवारले छात्रतर्फको भलिबल प्रतियोगितामा फर्जी खेलाडी खेलाएको पुष्टि भएको छ । त्यसैगरी ज्ञानज्योति मावि चपरगौडीले पनि छात्रतर्फको भलिबल खेल प्रतियोगितामा फर्जी खेलाडी खेलाएको पुष्टि भएको छ भने एभरेष्ट सैनिक माध्यामिक विद्यालय प्रेमनगरले पनि छात्रतर्फको भलिबलमा फर्जी खेलाडी खेलाएको पाइएको समितिले निष्कर्ष निकालेको छ ।
यस्तै ग्रिन पिस सेकेन्डरी स्कुल चपरगौडीले चार सय मिटर दौडमा ओभर एजको खेलाडी सहभागी गराएको र त्रिभुवन उच्च मावि कोहलपुरले ३ हजार मिटर दौडमा फर्जी खेलाडीलाई सहभागी गराएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । सगरमाथा ज्ञानपुञ्ज मावि किरणनालाले पनि छात्र भलिबलमा फर्जी खेलाडी खेलाएको उजुरी समितिमा परेको थियो ।
पुस १० गतेदेखि १३ गतेसम्म सञ्चालित उक्त प्रतियोगितामा फर्जी खेलाडीहरू खेलाइएको विषयमा उजुरी परेपछि कोहलपुर नगरपालिका शिक्षा समितिको पुस १४ गते बसेको बैठकले सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो ।
समितिमा नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापा, नगर प्रहरी प्रमुख वीरबहादुर थापा र शिक्षा शाखा अधिकृत रविलाल मिजार सदस्य हुनुहुन्थ्यो । कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक महासंघका प्रतिनिधि, प्याब्सनका प्रतिनिधिसहित बृहत भेलामा सार्वजनिक गरिएको उक्त प्रतिवेदन बुझ्दै नगर प्रमुख पूर्णप्रसाद आचार्यले प्रतिवेदन अक्षरंश कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
साथै उहाँले नगरस्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगितालाई मर्यादित बाउने सवालमा कसैसँग सम्झौता नगरिने पनि बताउनुभयो । फर्जी खेलाडीसम्बन्धी अनियमितता गरेका विद्यालयलाई ३० हजार जरिवाना गरी दण्डित गरिने पालिकाले जनाएको छ । आगामी






