बाँके । सवारी दुर्घटना न्यूनिकरणका लागि बाँके प्रहरीले सवारी साधनमा रिफेल्टिभ स्टिकर (चम्किने स्टिकर) टाँस गरेको छ । चिसो बढे संगै हुस्सु र कुहिरोको कारण सवारी दुर्घटना बढ्ने प्रवल संभावनालाई मध्य नजर राख्दै बाँके ट्राफिक प्रहरिको नेतृत्वमा मंगलबार सवारी साधन र विद्यार्थीहरुको ब्यागमा रिफेल्टिभ स्टिकर टाँस गरेको हो ।
मंगलवार नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझी चोकमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्यूनिकरणका लागि बाँके प्रहरीले सवारी साधनमा रिफेल्टिभ स्टिकर टाँस गरेको हो । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताउनुभयो ।
अभियानको पहिलो दिन आज मंगलबार तीन सय वटा सवारी साधनमा रिफेल्टिभ स्टिकर टाँस गरिएको प्रहरी प्रवक्ता डाँगीले जानकारी दिनुभयो । उहाँले नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा रातीको समयमा दुर्घटना बढी हुन सक्ने भएकाले त्यस्ता सवारी साधनहरुमा रिफेल्टिभ स्टिकर टाँस गरिएको बताउनुभयो ।
‘राती हुन सक्ने दुर्घटनालाई न्यूनिकरण गर्नका लागि हामीले नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा रिफेल्टिभ स्टिकर टाँसेका हौं ।’ प्रवक्ता डाँगीले भन्नुभयो । उक्त अभियानमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख सुभाषचन्द्र बोहरा र राष्ट्रिय अनुसन्धान कार्यालयका उप–निर्देशक मोहन कुँवर लगायतको सहभागिता रहेको थियो ।
तस्बिर,,,,,,










