बाँके । बाँकेको नेपालगन्ज उप–महानगरपालिका वडा नं १८ मा सडक पुर्वाधारको शुरुवात गरिएको छ । शनिबार वडा अध्यक्ष दीपक बर्माले नेपालगन्जको सोल्टी होटेल देखि लगदहवा हुदै बाईपास सडकमा नाला तथा ढक्कन कार्यको आरम्भ गरी पुर्वाधारको शुरुवात गर्नुभएको हो ।
उक्त कालो पत्रे सडकपनि गत बर्ष अध्यक्ष बर्मा बाट सुरुवात गरीएको थियो । तर केही ठाउँमा नाला तथा नाला माथीको ढक्क्नको कार्य बजेट न भएर अधुरो थियोे उक्त कार्यको लागि वडा अध्यक्ष बर्मा संघ र प्रदेशबाट पहल गरि बजेट ल्याउन निकासा गरी उक्त सडक पुर्वाधार कार्यको शुरूवात गर्नुभएको हो ।
यो निर्माणको लागि पनि संघिय सरकारको शहरी बिकास मंत्रालयबाट रु ।३५ लाखको बजेट ल्यएका थिए । उक्त बजेट बाट टेन्डर प्रक्रिया पूरा गरि शनिबारबाट निर्माण कार्य शुरु भएको वडा अध्यक्ष बर्माले बताउनुभयो ।
यो भन्दा पहिला यसै आर्थिक बर्षमा दशै भन्दा पहिला वडा नं १८ मा रहेको मोडेल स्कूल स्कूल जाने सडकको पी सी सी निर्माण कार्य सम्पन्न गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त वडाको विकासका लागि शिक्षा, स्वास्थ्य तथा पुर्वाधारमा संघ र प्रदेशबाट बजेट निकासा गराएर कामलाई चुस्तदुरुस्तका साथ अघि बढाईएको छ ।
तस्बिर,,,,,,









