बाँके । राष्ट्रिय अनुसन्धानमा जागिर लगाई दिन्छु भनि ठगी गर्ने एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका २२ नहरपुर्वाका फहद खाँलाई शुक्रबार पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
प्रहरी प्रवक्ता डाँगीका अनुसार फहदले भदौ ३ गते नेपालगञ्ज उपमहानगरपालिका ११ का प्रदिप वर्मालाई राष्ट्रिय अनुसन्धानमा जागिर लगाई दिन्छु भनि २६ हजार नगद लिएका थिए । उनले सरकारी छापको किर्ते गरी नरक्कली नियुक्ति पत्र समेत दिएको डिएसपी डाँगीले बताउनुभयो ।
तलब नपाएपछि प्रदिपले प्रहरीमा उजुरी गरे लगत्तै फहदलाई पक्राउ गरिएको हो । पक्राउ परेका फहदलाई आवश्यक अनुसन्धान एवं कारवाहीको प्रकृया अघि बढाईएको बाँके प्रहरीले जनाएको छ ।
फहद लगाएतका समूहले बाँके बर्दिया, काठण्माडौ र भक्तपुरका युवाहरुलाई राष्ट्रिय अनुसन्धानमा जागिर लगाई दिन्छु भनि ठगी गरेको सूचना पाएपछि ठगी गर्ने गिरोहको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।






