बाँके । बाँकेको नेपालगञ्ज जमुनाह नाका सीमा हुँदै भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको दुईहल राँगालाई नियन्त्रणमा लिईएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीका अनुसार बिहीबार राती भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको चार वटा राँगालाई नियन्त्रणमा लिईएको हो ।
एकलाख ४० हजार बराबरको मूल्य पर्ने उक्त राँगालाई बाँकेको हिर्मिनीयाबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा बाँके प्रहरीले प्रक्राउ गरेको प्रहरी प्रवक्ता नारायण डाँगीले बताउनुभयो । उहाँका अनुसार पक्राउ गरेर नियन्त्रणमा लिइएको राँगालाई शुक्रबार भन्सार कार्यायल नेपालगञ्जमा बुझाईएको छ ।
बिहीबार राती नै बाँके प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको दुईसय ६ बोरा चामल बरामद गरेको छ । तीनलाख ५३ हजार ६ सय बराबरको मूल्य पर्ने उक्त चामललाई नेपालगञ्जको खजुरा रोडबाट प्रहरीले गरेको हो । बरामद गरेको उक्त चामललाई पनि आज नै भन्सार कार्यायलमा बुझाएको प्रहरीले जनाएको छ ।






