बाँके । आईतबार बिहान एकसुरमा थारु समूदायले पुज्ने अप्सराको चित्र गाभर भ्याली होमस्टेको भित्तामा कोर्दै हुनुहुन्थ्यो मित्थु थारु । सेतो, हरीयो, कालो, पहेंलो सबै रंगहरुमा लत्पतिएर गाभर भ्यालीको भित्ताहरुमा थारु ईतिहास र लोक संस्कृतिमा आधारित समूदायले पूज्ने देवीदेवताको प्रतिमाहरु रंग्याउँदै हुनुहुन्थ्यो मित्थु ।
जानकी गाउँपालिका ३ भक्तपुर कैलाली घर भएका ३५ वर्षिय मित्थुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गर्नु भएको छ । माटाका मूर्तिहरु बनाएर पुज्ने थारु जातिको प्रचलनलाई सानैदेखि देख्दै आउनु भएका मित्थुलाई माटाका मूर्ति बनाउनमा रुचि बढेको हुँदा चित्र र मूर्ति दुबै बनाउनमा दखल राख्नुहुन्छ उहाँ ।
चित्रकलाको चार वर्षे कोर्ष पुरा गरेर विगत दुई वर्षदेखि व्यावसायिक रुपमा उहाँले काम गर्दै आई रहनु भएको छ । मित्थुले विशेष गरेर थारु जातिको संस्कृति र ऐतिहासिक महत्व बोकेका चित्रहरु र भित्ते मूर्तिहरु बनाउनु हुन्छ । पहिलो पटक मूर्ति बनाउँदा एकैचोटी २५ हजार पाएको उहाँले बताउनुभयो । ‘कोर्ष पुरा गरेपछि मैले पहिलो पटक थारु जातिको ईतिहास बोकेको र लोक कला संस्कृति झल्किने भित्ते चित्र बनाएको थिएँ । त्यसबाट मैले २५ हजार पाएको थिएँ ।’ उहाँले भन्नुभयो ।
मित्थुका अनुसार चित्र र मूर्ति दुबै बनाउँदा उहाँको पारिश्रमिक मासिक सत्तरीदेखि एक लाख सम्म हुने गर्दछ । थारु संस्कृति जागरण गराउने अभियानमा लाग्नु भएका उहाँले विषेश गरेर थारु समूदायले पूज्ने देवी देवताका भित्तेमुर्ती बनाउने गर्नुहुन्छ ।
यतिबेला उहाँले बाँकेको बैजनाग गाउँपालिका वडा नंंं. १ मा पर्ने गाभर भ्याली होमस्टेका भित्ताहरुमा थारु समूदायले पूज्ने देवी देवताका प्रतिमूर्ति कुँद्दै हुनुहुन्छ । उहाँले दुर्गाशरणको कथामा आधारित थारु समूदायले पूज्ने देवी मयारी (अप्सरा), थारुका राजा (दगीशरण), भेंवाँ (भीम) त्यसैगरी थारु समूदायले पूज्ने तर विश्वकै सबैभन्दा ठूलो डेमनडेउडा घोंडा जस्ता माटा मूर्ती कुँदेर उक्त होमस्टेका भित्ताहरु सजाई रहनु भएको छ ।
मूर्तीको विशेषता हेरेर मूल्य निर्धाण हुने भएकाले एउटा मूर्ती कुँदे बापत २५ देखि ३० हजारसम्म लिने गरेको उहाँको भनाई छ । व्यावसायिक रुपमा थारु संस्कृति झल्कने चित्र र मूर्ती दुवै बनाउन थालेपछि पहिलाकोभन्दा अहिले आर्थिक रुपमा धेरै नै फरक परेको उहाँको भनाई छ ।
मित्थुले दांगको दगीशरण ३ चखौरा गाउँमा थारु संस्कृति संग्राहलयमा चित्र र मूर्ति दुबै बनाईरहनु भएको छ । थारु संस्कृति जागेरणा कै लागि आफुले यो काम रोजेर व्यावसायिक रुपमा नै अघि बढेको उहाँको भनाई छ ।
तस्बिर,,,,,,,








