बाँके । नेपाली सेनासँग ईम्प्यानल्ड भएका बाँके र बर्दियाका १७ ओटा विद्यालयका विद्यार्थीहरूका लागि सैनिक सामाग्री प्रदर्शन गरिएको छ । मंगलबार बाँकेको राझा स्थित श्री बज्रदल गणको आयोजनामा नेपाली सेनाद्वारा बनाइएको सेनासम्बन्धी १० ओटा स्टलको प्रदर्शन गरिएको गणका गणपति एबं नेपाली सेनाका प्रमुख सेनानी रबिन श्रेष्ठले बताउनुभयो । उक्त स्टलको विद्यार्थीहरुद्धारा अवलोकन गरिएको थियो ।
गणपति श्रेष्ठका अनुसार विद्यार्थीलाई सेनाका क्रियाकलाप बारे अवगत गराउने उद्येश्यले उक्त सैनिक सामाग्रीको प्रदर्शन गरिएको हो । ‘युवा पुस्तामा देशभक्तिको भावना जागोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रम गर्दै आइरहेका छौं ।’ उहाँले भन्नुभयो,‘विद्यार्थीहरुमा भएको सेना प्रतिको उत्सुकता, दृष्टिकोण र सेनाको अनुशासनका बारेमा उनीहरूले बुझ्नेछन् ।’
उक्त प्रदर्शनीमा सेनाका ऐतिहासिक पोशाक, एनसिसिको महत्व, विपद् सम्बन्धी सामाग्री, उद्दारमा प्रयोग गरिने सामाग्री, माइनहरु, आईडीहरु, ,सचेतना सम्बन्धि स्टलहरु, लडाईमा सेनाले प्रयोग गर्ने गाडीहरु लगाएत सेनासँग सम्बन्धित अन्य जानकारी मूलक स्टलहरु राखिएको ईम्प्यानल्ड स्कूल समन्वय अधिकृत एवं बज्रदल गणका सेनानी शिव थापाले जानकारी दिनुभयो ।
विद्यालयको शैक्षिक अवस्था, खेलमा उत्कृष्ट नतिजा, एस ई को नतिजा, भौतिक संरचना लगायत विद्यालयको गुणस्तरको आधारमा ईम्प्यानल्ड विद्यालय छनौट गरिएको समन्वय अधिकृत थापाले बताउनुभयो । झण्डै नै सय विद्यार्थीले प्रदर्शनी अवलोकन गरेका थिए ।
तस्बिर,,,,,,,,,,

















