बाँके । बाँकेको राप्तीसोनारी गाउँपालीका वडा नं. ९ ढकेरीमा ६ सय १७ जनाले निःशुल्क स्वास्थ्य जाँच गराएका छन् । राप्तीसोनारी गाउँपालीकाको आयोजना तथा एच सि आर सी अस्पतालको सहयोगमा बाँके राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणले समन्वय गरेको उक्त निःशुल्क स्वास्थ्य जाँच शिविरमा शनिबार ६ सय १७ जनाले स्वास्थ्य परीक्षण गराएका हुन् ।
श्री नंं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायक रथी प्रकाश थापाद्धारा अनुगमन गरिएको उक्त शिविरमा ओभरी स्थित अर्जुनबाण गणका गणपती एवं नेपाली सेनाका प्रमुखसेनानी अशोक खड्काले शहरी क्षेत्रको अस्पताल र चिकित्सकसँग सहज पहूँच नभएका स्थानीयहरूका लागि निःशूल्क स्वास्थ्य जाँच गर्ने उद्येश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो ।
‘शहर बजारसम्म पुगेर, महँगो अस्पतालमा पैसा खर्च गरेर, सामान्य स्वास्थ्य जाँच गराउनका लागि सबैले नसकिरहेको अवस्थामा हामीले यो शिविर गाउँपालिकासँग समन्वय गरेर सञ्चालन गरेका हौं ।’ गणपति खड्काले बताउनुभयो । उहाँले भन्नुभयो,‘आजको यो एक दिने शिविरमा स्वास्थ्य जाँच गराउन पाएकोमा यहाँका स्थानिय बिरामीहरु खुशी हुनु भएको छ ।’
मध्यवर्ती क्षेत्रका स्थानीय र सेना बीचको सम्बन्ध विस्तारका लागि उक्त स्वास्थ्य शिविर सञ्चालन गरीएको राप्तीसोनारी गाउँपालीका अध्यक्ष तप्त पौडेलले बताउनुभयो । मेडिकल कलेजका अन्य डक्टरहरुसँगै सेनाका विशषज्ञ डाक्टरद्धारा स्थानियको स्वस्थ्य जाँच गराउँदा त्यस्को विश्वसनीयतामा झनै प्रभाव पर्ने भएकाले उक्त स्वास्थ्य जाँचका लागि सेनासँग समन्वय गरिएको गाउँपालिका अध्यक्ष पौडेलको भनाई छ ।
गाउँपालिका स्वास्थ्य शाखा सिअहेब अधिकृत सुरेश कुमार शर्माले सबैभन्दा बढी नाक, कान र घाँटी र महिलाहरुको स्त्रीरोग सम्बन्धि स्वास्थ्य परीक्षण गरिएको छ । नाक, कान र घाँटीका २ सय ६० बिरामीले स्वास्थ्य परीक्षण भएको छ भने स्त्री रोग सम्बन्धि १ सय १२ जनाले स्वास्थ्य जाँच गराएका छन् । उहाँका अनुसार नाक कान घाँटीसँगै स्त्री रोगको बिरामी संख्या बढी देखिएका छन् । त्यसैगरी २ सय ५० जनाले सामान्य स्वास्थ्य जाँच गराएका छन् भने हाड जोर्नी तथा नसाका २ सय ४८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । त्यसैगरी मुटु रोग सम्बन्धी ८० जना, छाला रोग सम्बन्धी ६२ जना, रगत जाँच ३२ जना र मुटुको ढडकन (ईसिजी) जाँच ४५ जनाले स्वास्थ्य जाँच गराएका छन् ।
सैनीक अस्पताल नेपालगंन्ज, एचसीआरसी अस्पताल, कोहलपुर मेडिकल कलेज, नेपालगंन्ज मेडीकल कलेज, र राप्तीसोनारी गाउँपालीकाका एक चिकित्सक गरी नौ जना चिकीत्सकले सेवा दिएको एचसीआरसी अस्पताल नेपालगञ्ज बाँकेका रमेश सिटौलाले बताउनुभयो । उहाँका अनुसार एक जना बिरामीको एकैपटक ३ देखि ४ ओटासम्म स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्य शिबिरमा निशुल्क औषधी बितरण गरीएको छ ।
उक्त शिविरमा नेपाली सेनाका तर्फबाट हाड जोर्नीका डक्टर अमिर रत्न शाक्य, सामान्य स्वास्थ्य जाँचका डाक्टर सुरेश कायस्थ र नाक, कान घाँटीको डाक्टर कविर बास्तोलाले बिरामीको स्वास्थ्य जाँच गर्नु भएको थियो भने छाला रोग विशेषज्ञ डाक्टर कमलजंग शाही त्यसैगरी मुटु रोग डाक्टर विपीन आर्चायले बिरामीको स्वास्थ्य जाँच गर्नु भएको थियो । महिलाहरुको स्वास्थ्य जाँच महिला प्रसुति निसन्तान विशषज्ञ डाक्टर मञ्जु विसी शाहले गर्नु भएको थियो । छाला रोगका बिरामीलाई डा आर के झाले स्वास्थ्य जाँच गर्नु भएको थियो ।
तस्बिर……. 






















