जानकी (बाँके), ५ मंसिर: जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि चौथो चरणको राहत हस्भातान्तरण गरिएको छ ।
भारत सरकारको तर्फबाट भुकम्प प्रभावितका लागि स्थल मार्गबाट आएको १,४२५.६० केजी औषधिजन्य सामग्री मंगलबार बाँकेका प्रमुख जिल्ला अधिकारी श्रावण कुमार पोखरेललाई हस्तान्तरण गरिएको छ ।
भारतिय दुतावासका द्वितीय सचिव आशिष् सिंहालेद्वारा उक्त औषधिजन्य राहत सामाग्री प्रजिअ पोखरेललाई हतान्तरण गर्नु भएको हो ।
यस अघि ३ वटा सैनिक बिमान मार्फत राहत सामग्री नेपाललाई प्राप्त भैसकेको छ । उक्त राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएर वितरण गरिएको प्रजिअ पोख्रेलले बताउनुभयो ।
हालसम्म भारत सरकारद्वारा प्राप्त भएको कुल राहत सामाग्री मध्य टेन्ट ( ठूलो खालको ) १ सय ८ पिस, फिटिङ्स ६१ पिस, टेन्ट ( सानो खालको ) १ सय २५ पिस, फिटिङ्स ६० पिस,
त्यसैगरी प्लास्टिक तर्पोलियन / त्रिपाल ६ सय २५ पिस, स्लिपिङ ब्याग ५ हजार १२ पिस, ब्ल्यांकेट ५ हजार ३० पिस र मेडिकल सप्लाई ४,५२९.६० केजी रहेको छ । रासस ।






