बाँके । भारत सरकारद्धारा भूकम्प पीडितका लागि वठाईएको तेश्रो चरणको राहत सामाग्री बिहीबार नेपालगञ्ज विमानस्थलमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरिएको छ । भारतीय वायुसेनाको विमानद्धारा नेपालगञ्ज विमानस्थलमा आईपुगेको उक्त राहत सामाग्री भारतीय दुतावासका प्रथम सचिव नवीन कुमारद्धारा बाँकेका प्रजिअ पोखरेललाई हस्तान्तरण गरिएको हो ।
प्रजिअ पोखरेलका अनुसार तेश्रो चरणमा हस्तान्तरण गरिएको राहत सामाग्री अन्तरगत विशेष गरी मेडिसियनका सामानहरुसँगै अन्य प्रयोजनका सामाग्री रहेका छन् । जस अन्तरगत ठूलो खालको टेन्ट २४ पिस, फिटिङ्स टेन्ट १२ पिस, स्लिपिङ ब्याग २९ सय पिस, ब्ल्यांकेट २८ सय पिस, त्यसैगरी सानो खालको टेन्ट ६०पिस, फिटिङ्स ६०, मेडिकल सप्लाईका सामान रहेको प्रजिअ पोखरेलले जनाकारी दिनु भएको छ ।
भारत सरकारले पहिलो चरणमा १० करोड रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको थियो । पहिलो चरणमा आइतबार नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सो राहत सामग्री हस्तान्तरण गर्नु भएको थियो ।
सोही अन्तरगत दोश्रो चरणको पनि राहत सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । दोश्रो चरणमा भारतीय दुतावासका प्रतिनीधि गर्दै नवीन श्रीवास्तद्धारा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई राहत सामाग्री हस्तान्तरण गरिएको थियो ।
प्रजिअ पोखरलेका अनुसार आज तेश्रो चरणमा प्राप्त राहत सामाग्रीलाई भोली नै भूकम्प प्रभावित क्षेत्रमा पठाईने बताउनुभयो । ‘हामीले तेश्रो चरणमा प्राप्त गरेको राहत सामाग्रीलाई भोली नै भूकम्प प्रभावित क्षेत्रमा पाउने छौं ।’ प्रजिअ पोखरेलले भन्नुभयो ।
तस्बिर….. 












