बाँके । जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितका लागि एक्जा प्यारिन्टल्स लि हरिद्धार कमपनीले १६ टन सलाइन् बाँकेका प्रमुख जिल्ला अधिकरी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरेको छ । प्रजिअ पोखरेललाई बुधबार कम्पनिका नेपाल प्रमुख गोपाल साउदले हस्तान्तरण गर्नु भएको हो ।
एक्जा प्यारेन्टल्स् लिमिटेडले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि २७ हजार सात सय ५० बोतल सलाइन पानी सहयोग गरेको जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँके मार्फत भूकम्पपीडितको उपचारमा सहयोग गरिएको हो ।
सामाजिक उत्तर दायित्व अन्तर्गत भूकम्प पीडितलाई करिब तेह्र लाख रुपैयाँ बराबरको सोह्र टन सलाइन प्रजिअ पोखरेललाई हस्तान्तरण गरिएको कम्पनीका नेपाल प्रमुख साउदले बताउनु भयो । उहाँका अनुसार एक हजार ५० कार्टुनमा सत्ताईस हजार सात सय ५० बोटल सलाईन् हस्तान्तरण गरिएको छ ।
हस्तान्तरित उक्त साईलन ग्रहण गर्दै प्रजिअ पोखरेलले भोली बिहानै भूकम्प प्रभावित क्षेत्रमा पठाउने बताउनुभयो । यस्ताका साथै प्रजिअ पोखरेलले बिपत्तिमा अति आवश्यक औषधि दिने कम्पनिका एमडि रुचिर गुप्ता, भिपी रजनिश बर्मा र जिएम पुनित भारगभलाई धन्यवाद दिनु भएको छ ।






