बाँके । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि भारत सरकारले दोस्रो चरणको राहत सामाग्री नेपाल सरकारलाई उपलब्ध गराएको छ । सोमबार दश करोड भारतीय मूल्य बराबरको राहत सामाग्री बोकेर भारतीय वायुसेनाको विमान नेपालगन्ज विमानस्थल आइपुगेको हो ।
उक्त राहत सामाग्री भारतीय राजदूतावासका प्रतिनिधि प्रशान्त श्रीवास्तवले नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गर्नु भएको हो ।
भारतीय राजदूत नवीन श्रीवास्तवले पहिलो चरणको राहत सामाग्री आइतबार उप(प्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्नु भएको थियो । भारत सरकारले आज हस्तान्तरण गरेको राहत सामग्री भोली नै भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पठाइने बाँकेका प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
तस्विर……












