बाँके । बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा एभिनियर एफ.सी क्यामरुनलाई पराजित गर्दै दुधौली स्पोर्ट क्लब सिन्धुलीले विजयी सुरुवात गरेको छ । कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा भएको चौथो दिनमा भएको खेलमा आईतबार दुधौली स्पोर्ट क्लब सिन्धुलीले एभिनियर एफ।सी।क्यामरुनलाई ट्राइब्रेकरमा ६ ७ गोलको अन्तरले पराजित गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयभित्र गोल हुन नसकेपछि ट्राइब्रेकरमा क्यामरुनलाई ६ ७ गोल अन्तरले पार्दै दुधौली स्पोर्ट क्लबले विजयी सुरुवात गरेको छ । एभिनियर एफ।सी।क्यामरुनका ३ जना खेलाडीले पहेलो कार्ड पाएका थिए भने १ जना खेलाडिले भने रातो कार्ड पाएको थिए । दुधौली स्पोर्ट क्लबका १ जना खेलाडीले पहेलो कार्ड पाएका थिए ।
दुधौली स्पोर्ट क्लबलका खेलाडी लोकेश चौधरीले म्यान अफद म्याज धोषित भएका थिए । नेपाली काँग्रेसका युवा नेता पोषण केसीले चौधरीलाई नगद रु ५ हजार रकम हतान्तरण गरिएको थियो । एभिनियर एफ. सीक्यामरुन गत वर्षको कोहलपुर गोल्डकप २०७९ को विजेता भएको थियो ।
आज हुने खेलमा आर्मी फुटबल क्लब काठमाण्डौ र दुधौली स्पोर्ट क्लब सिन्धुली बीच प्रतिस्पर्धा हुने खेल संयोजक राम बहादुर मल्ले जानकारी दिनुभयो । तेस्रो दिनमा भएको त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं र वि. एफ. सी चितवन क्लब चितवन विच भएको खेलमा त्रिभुवन आर्मीले ३ १ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि. एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको खेल संयोजक मल्लले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिनुभयो । प्याराफिटमा १ सय रुपैया लाग्नेछ भने ग्राउण्डमा ५० रुपैया लाग्ने अध्यक्ष क्षेत्रीले बताउनुभयो । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।






