बाँके । बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा राती थप ६ जनालाई उपचारका लागि ल्याईएको छ । रती साढे बाह्र बजे भूकम्पमा परी घाईते हुनुभएका बिरामीहरुलाई एम्बुलेन्सबाट उपचारको लागी ल्याईएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपचारार्थ ल्याईएका मध्य २ जना भेरी नगरपालिका जाजरकोटका हुनुहुन्छ भने ४ जना सानिभेरी रुकुमका हुनुहुन्छ । हालसम्म भेरी अस्पतालमा उपचारका लागि ल्याइएका घाइतेको संख्या ३९ पुगेको प्रजिअ पोखरेलले बताउनुभयो ।
प्रजिअ पोखरेलले उपचाररत घाइते मध्ये ३७ जनाको डेडिकेटेड अस्पताल बनाईएको ‘भेरी अस्पताल नेपालगन्ज’ मा उपचार भैरहेको छ भने १ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको बताउनुभयो ।
कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको १ जना घाइतेलाई पनि आजै डेडिकेटेड अस्पताल भेरी मै ल्याउने तयारि गरिएको पनि उहाँले बताउनुभयो ।
उपचाररत घाइते मध्ये ५ जनाको सफल अपरेसन राती १२ बजे सम्ममा भैसकेको जानकारी प्रजिअ पोख्रेलले दिनुभयो । हाल भेरी अस्पातालमा ३७ जना र कोहलपुर मेडिकल अस्पतालमा १ जना गरी ३८ जना घाइते उपचाररत बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको पनि प्रजिअ पोखरेलले बताउनुभयो ।
अस्पताल आइपुग्नु अघि नै मृत्यु भैसकेको १ जनाको शव आज बिहान ७ बजे नलगाड १, जाजरकोट पठाउने ब्यबस्था गरिएको छ ।






