बाँके । जाजरकोटलाई केन्द्रविन्दू बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरुलाई उपचारका लागि रगत संकलन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्त सञ्चार केन्द्र बाँकेमा ९१ जनाले रक्तदान गरेका छन् । रक्तदानको भोली जारी रहनेछ ।
बिरामीलाई रगतको अभाव हुन नदिनका लागि रगत संकलन गरिएको रक्त संचार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मिले बताउनुभयो । उहाँका अनुुसार हालसम्म ४३ जनाले रक्तदान गरेका छन् । भूकम्प घाईते बिरमीहरुलाई शनिबार बिहान ३ बजेदेखि नेपालगञ्ज भेरी अस्पतालमा उपचार शुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारीका श्रवण कुमार पोखरेलका अनुसार २६ जनाको उपचार भई रहेको छ भने एक जनाको मृत्यु भएको छ । जाजरकोट नलगाढ १ पालिका ३३ वर्षिय टेक बहादुर पुनको उपचारका लागि अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।






