बाँके । ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगिता अन्तरर्गत विहिबार भएको खेलमा सुदरपश्चिम—११ धनगढी र गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवलबीच प्रतिस्पर्धा भएको गियो । उक्त खेलमा सुदुरपश्चिमलाई १—० गोलले पराजय गर्दै गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवल विजयी भएको छ ।
बाँकेको कोहलपुर—२ तेह्र विगाहमा बुधबारदेखि निरन्तरसञ्चालन भएकोे प्रतियोगितामा खेल सुरु भएको पाँच मिनेटमा दुई पटक कर्नर पाएको गोर्खा व्वाइजले खेल सुरु भएको ४५ औं मिनेटमा जर्सी नम्बर ७ का खेलाडी शक्ति राईले गोल हान्नु भएको थियो ।
बिहीबार दिउसो ३ः २० बजेबाट शुरु भएको खेलमा सुदुरपश्चिम ११ लाई गोर्खा व्वाइजले निकै दवाव दिइरहेको थियो भने उक्त क्लबका जर्सी नम्बर १४ का सहदेव केसीले म्यान अफ द म्याच घोषित समेत भएको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिनुभएको छ ।
भोली (शुक्रबार) सेमिफाइनलका लागि चर्च व्वाईज यूनाईटेड र गोर्खा व्वाईज खेल हुने खेल संयोजक मल्लले जानकारी दिनुभएको छ । उहाँका अनुसार खेल ३ बजेबाट सुरु हुने जानकारी दिनुभएको छ ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिनुभएको छ । उहाँका अनुसार फुटबल अवलोकनका लागि अस्थायी प्यारापिट र पर्खाल निर्माण गरिएको छ । खेल अवलोकन गर्ने दर्शकका लागि आयोजकले यसपटक भने टिकट ब्यवस्था गरिएको छ । तस्बिर…….










