बाँके । कार्तिकः लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली प्रसाद चौधरीले ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता’ लाई आगामी बजेटमा राखेर निरन्तरता दिने बताउनु भएको छ ।
बाँकेको कोहलपुर नगरपालिका २ स्थित तेह्र विगाहमा ‘मुख्यमन्त्री गोल्डकप प्रतियोगिता—२०८०’ को उदद्याटन सत्रमा बोल्दै बुधबार मुख्यमन्त्री चौधरीले प्रतियोगितालाई संस्थागत गरी सरकारले सम्पुर्ण खर्चको व्यवस्थापन गरेर नीतिगत निर्णय गर्ने बताउनुभयो ।
उहाँले खेल क्षेत्रको कुनै जात धर्म नहुने भन्दै टिममा एकता भयो भने मात्र टिमको बिजय हुने बताउनयो । ‘खेलको जात हुँदैन न त धर्म नै हुन्छ । खेलले समाजमा सदभाव कायम गर्छ ।’ उहाँले भन्नुभयो,‘खेलमा विजयी प्राप्त गर्नका लागि टिममा एकता भावना हुन आवश्यक छ ।’
सोही क्रममा मुख्यमन्त्री चौधरीले पानसमा दियो बालेर उदद्याटन गर्नु भएको थियो । बुधबारदेखि सञ्चालन हुन गई रहेको ‘मुख्यमन्त्री गोल्डकप प्रतियोगिता—२०८०’ को अवसरमा मुख्यमन्त्री चौधरीले पानसमा दियो बालेर कार्यक्रमको उदद्याटन गर्नु भएको थियो ।
सोही क्रममा लुम्बिनी खेलकुद परिषद सदस्य सचिव जयप्रकाश भट्टराईले खेलमा कसैले पनि राजनीतिक हस्तक्षेप नगर्न आग्रह गर्नु भएको छ । उहाँले खेल र खेलाडी राष्ट्रका गहना भएको हुनाले खेल क्षेत्रलाई स्वतन्त्र रुपले सबैले सहयोग गर्न र खेलाडीलाई हौसला प्रदान गर्न सुझाव दिनुभयो ।
सोही कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुर नगर क्षेत्रलाई खेलकुदको नामले चिनाउन प्रदेश सरकारले गरेको आर्थिक सहयोगको लागि धन्यबाद दिनुभयो ।
साथै उहाँले आगामी दिनहरुमा व्यावसायिक खेलाडी जन्माउन पनि चुनौति भएको बताउनुभयो । नगर प्रमुख आर्चायले आगामी दिनहरुमा यस क्षेत्रमा खेल खेलाडीका लागि नगरपालिकाले सधै. सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उदद्याटन सत्रको क्रममा प्रदेश समाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले बाँकेको कोहलपुरमा आजदेखि हुन गई रहेको ‘मुख्यमन्त्री गोल्डकप प्रतियोगिता’ ले यस क्षेत्रको खेल विकासलाई अगाडी बढाउन सहयोग पुग्ने बताउनुुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलसँगै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनीधि, आठ ओटा पालिकाका जनप्रतिनीधि सँगै कोहलपुर नगरपालिकाका सबै वडाका वडाध्यक्षहरुको पनि उपस्थिती रहेको थियो ।
उक्त प्रतियोगितामा चर्च व्वाईज यूनाईटेड काठमाण्डौं, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदुरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, एभिनियर एफ.सि. क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम सहभागि छ ।
उक्त प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफ.सि.सहित नेपालका ए डिभिजनका ७ क्लबहरु सहभागिता रहने छन् । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाख सहित ट्रफि रहेको छ ।






