बाँके । बाँकेको कोहलपुर नगरपालिका २ स्थित तेह्र विगाहमा आजदेखि सञ्चालन हुन गई रहेको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार पत्रकार सम्मेलन मार्फत ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारा सहित सञ्चालन हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
खेल संयोजक राम बहादुर मल्लका अनुसार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीद्धारा आज बुधबार विहान ११ बजे ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को उद्घाटन हुने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताउनुभएको छ । मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम संगसंगै आयोजक र चर्च व्वाईज विचको खेल हुने खेल संयोजक मल्लले जानकारी दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा अस्थाई घुम्ति शौचालय, पिउने पानीको, बृद्ध तथा अपाङ्गहरुको लागि छुट्टै बसाई व्यवस्थापन गरीएको र प्रत्येक खेलाडिको ५ लाखको विमा पनि गरिएको छ । खेल मैदानमा दुई वटा मुख्य प्रवेश गेट र दुई वटा आपतकालिन गेटको निर्माण कार्य सम्पन्न भएको छ ।
यस्तै गरी राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेश सदस्य सचिव जय प्रसाद भट्टराईले प्रतियोगिता अवधिभर राष्ट्रिय खेलकुद परिषद्को नियमन अनससार नै खेल सञ्चालन हुने बताउनुभयो । यस्तै खेलका लागि आवश्यक कम्पाण्ड, फिल्ड, मञ्च व्यवस्थापन लगायतका सम्पूर्ण काम पुरा भएको फिल्ड तथा मञ्च व्यवस्थापन समिति संयोजक इन्द्र गुरुङ्गले बताउनुभयो ।
संयोजक गुरुङ्गका अनुसार करिब ३ हजार दर्शकले खेल अवलोकन गर्न मिल्ने गरी प्याराफिट निर्माण भएको छ भने ग्राउण्डमा पनि करिब ५ हजारदेखि ८ हजारसम्म दर्शकले गोल्ड कपको अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ । खेलकुद प्रतियोगितामा भाग लिन आउनुभएका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई कोहलपुर क्षेत्रका विभिन्न होटलहरुमा बस्ने व्यवस्था मिलाइएको खेलाडि, होटल तथा यातायात समितिका संयोजक सुरेश अधिकारीले बताउनुभयो ।
संयोजक अधिकारीका अनुसार फुटबल अवलोकनका लागि जेष्ट नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई लागि छुट्टै एक सय जना खेलाडिका लागि उबिथभच द्ययह तथा पत्रकारहरुका लागि समेत बस्ने व्यवस्था मिलाइएको छ । फुटबल अवलोकनका लागि प्याराफिटमा बसेर हेर्नका लागि १ सय रुपैया र ग्राउण्डमा बसेर हेर्नका लागि ५० रुपैया टिकट काट्नुपर्ने र यसका लागि दुई वटा टिकट काउन्टरको व्यवस्था गरिएको टिकट व्यवस्थापन समितिका संयोजक सन्तोष मल्ले जानकारी दिनुभएको छ ।
गोल्डकपको अवधिभर सुरक्षा व्यवस्थाका लागि ५० जना सेक्यूरेटीको व्यवस्था मिलाइएको छ भने ५० जना स्वमसेवकको पनि व्यवस्था मिलाइएको सुरक्षा व्यवस्थापन समिति संयोज कयम बहादुर गैरेले जानकारी दिनुभएको छ । यस्तै प्रतियोगितामा अफ्रिकन राष्ट्र क्यामरुन, विभागिय क्लब सहित ए डिभिजनका ८ वटा क्लबहरु सहभागि हुनेछन् ।
जस्मा चर्च व्वाईज यूनाईटेड काठमाण्डौं, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदुरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, एभिनियर एफ.सि. क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम सहभागि हुनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाख सहित ट्रफि रहेको छ ।






