बाँके । चोरी गर्नका लागि पसल फोड्दै गरेको अवस्थामा बाँकेमा एकजना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ स्थाई घर भएका ३७ वर्षिय अमजर अहिद भाट बुधबार चोरी गर्नको लागि पसल फोड्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार भाटले बैजनाथ गाउँपालिका वडा नं. ५ बस्ने नन्दराम सुनारको घरमा चोरी गरी पसल फोड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी प्रमुख सुन्दर तिवारीका अनुसार अमजर अहिदको साथबाट घर फोड्नको लागि प्रयोग गरिने समान (रेन्ची, हतौडा, पिलास, फलामको सरिया, नगद, रिर्चाजकार्ड) बरामद गरिएको छ ।
पक्राउ परेका अमजर अहिदलाई चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाईएको ईलाका प्रमुख तिवारीले जानकारी दिनुभयो ।
Press release






