बाँके । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टलभन्दा बढी सुन भित्रिएको घटनामा सरकारको मिलोमतो भएको आशंका गर्नु भएको छ । नेपालगञ्जमा शनिबारदेखि शुरु भएको पार्टीको लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको भेला तथा प्रशिक्षणमा बोल्दै अध्यक्ष ओलीले सरकारको जानकारीबिना यति धेरै सुन भित्रिन सम्भव नभएको बताउँदै सरकारको मिलोमतो भएको आशंका गर्नु भएको हो ।
‘एकरदुई किलो सामान लिएर आउँदा भन्सार तिर्नुपर्ने ठाउँमा सय केजी सुन कसैले थाहै नपाई मेसिन पनि सुतेका बेला, मानिस पनि सुतेका बेला जाँचकीलाई पनि छक्याएर फुत्त आयो त ?’ ओलीले सरकार सुनकाण्डमा गैर जिम्मेवार भएको बताउनुभयो । अध्यक्ष ओलीले सरकारले सवंदेनशील भएर सुनकाण्डमा जिम्वारी लिनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले अपवित्र गठबन्धनबाट बनेको सरकारले सुशासन दिन नसक्ने टिप्पणी गर्नुभयो ।
पार्टीको लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको भेला तथा प्रशिक्षणमा सहभागी हुँदै गर्नु भएका अध्यक्ष ओलीका तस्बिरहरु…….











