बाँके । बाँकेका आठ मध्ये चार पालिका पूूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएका छन् । स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाईजर नरेश श्रेष्ठका अनुसार सुनिश्चितता तथा दिगोपना घोषणा भएका मध्ये बाँकेको जानकी गाउँपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिका रहेका छन् ।
पाँच वर्ष मुनिका सबै बालबालिकालाई प्रत्येक महिना १३ प्रकारका रोग विरुद्ध खोप लगाउने गरिन्छ । नियमित खोप लगाउन छुटेका बालबालिकालाई माघदेखि वैशाषसम्म खोज र खोप अभियान सञ्चालन गरिएको थियो । त्यसअन्तर्गत छुटेका बालबालिकालाई अभियानले पुनहः समेटेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ ।
सुपरभाईजर श्रेष्ठका अनुसार यो वर्ष दादुरा महामारी फैलिएको वैशाषमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुन सकेको थिएन । उहाँले अषाढको पहिलो सातासम्ममा सबै पालिकालाई पूूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तयारी रहेको बताउनुभयो ।






