काठमाण्डौ । नेकपा प्रचण्ड नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउको विरोधमा पार्टीसम्बद्ध युवा विद्यार्थीले राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघरदेखि बानेश्वरसम्म भएको प्रदर्शनका क्रममा प्रहरीसँग सामान्य ठेलमठेल भएको छ । प्रदर्शनकारी निषेधित क्षेत्र आसपास पुगेपछि ठेलमठेल थियो ।
युवा विद्यार्थीले ‘प्रतिगमनकारी सरकार मुर्दावाद, गृहमन्त्री राजीनामा देउ’ जस्ता नारा लगाएका थिए । प्रदर्शनमा सहभागीहरुले मुखमा कालो टेप लगाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अपर्यादिन अभिव्यक्ति दिएको आरोपमा प्रहरीले बिहीबार उनलाई पक्राउ गरेको थियो भने पक्राउको चौतर्फी विरोध भएको छ ।






