बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वार्ड न २ काे सरस्वती माध्यामिक विद्यालय जमुनिमा आजदेखि दोस्रो राष्ट्रपति तथा अध्यक्ष कप रनिङ सिल्ड खेलकुद प्रतियाेगिता शुरू भएको छ । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला ,कानुन न्याय तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना )बाट उदघाटन भएको रनिङ शिल्ड खेलकुद प्रतियाेगिता यहि ५ गते देखि ९ गते सम्म संचालन मा रहने छ ।
यस खेलकुद प्रतियाेगितामा बढैयाताल गाउँपालिका भित्र का १९ बटा सामुदयिक र सस्थागत विद्यालय सहभागी रहेका छन । पाँच दिन सम्म संचालनमा रहने यस खेलकुद प्रतियाेगिता मा एथलेटिक्स , भलिवल ,रिलेदाैड , कपर्दी , सटफुट लगायत का खेलहरु समावेश गरिएको छ ।
भने उदघाटन सत्र को कार्यक्रम मा विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य भुवनेस्वर चौधरी विशेष अतिथि बढैयाताल गाउँ पालिका का अध्यक्ष हिमालय त्रिपाठि , उपाध्यक्ष लक्ष्मी अधिकारी , प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडि ,बढैयाताल गाउँपालिका का विभिन्न शाखा का प्रमुखहरू ,
बढैयाताल गाउँपालिका सबै वडाका अध्यक्षहरु,सबै बिधालय का प्रधानाध्यापकहरु , सबै राजनीति दलका प्रमुख तथा प्रतिनिधि , सुरक्षा निकायका प्रमुख हरु ,शिक्षक शिक्षिका हरु , सहभागी बिधालय का विद्यार्थीहरु तथा अभिभावक लगायतको उपस्थिति रहेकाे थियाे ।










