मुस्ताङ । मुस्ताङमा गोरु का’टेको अभियोगमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थासाङ गाउँपालिका–४ घाँसाका २६ वर्षीय अर्पण श्रेष्ठको घरमा बस्ने, ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय सनिश श्रेष्ठ तथा पहिरो थाप्ला बस्ने १३ वर्षीय निश्चल विक र ३७ वर्षीय पूर्ण विकलाई गोरु का’टेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोरु का’टेको भन्ने सूचनाका आधारमा ख’टिएको प्रहरी टोलीले जाँच गर्दा निजहरुलाई गोरुको टा’उको र मासुसहित फेला पारेको प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभएको छ । यस विषयमा प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको उनको भनाई छ ।






