काठमाडौ । सरकारले प्रतिनिधि सभाको निर्वाचन आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले निर्वाचनको विषयमा जानकारी दिएका हुन् ।
बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा र वैशाख २७ गते दोस्रो चरणमा कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए । यसका साथै मन्त्रिपरिषदले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
योपनि
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग गइ आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिएका छन् । सो अवसरमा प्रमुुख निर्वाचन आयुुक्त दिनेशकुुमार थपलियाले उनलाई निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायत समग्र वस्तुुस्थितिबारे अवगत गराएका थिए ।
सरकारले आगामी वैशाख १७ र २७ गते दुुई चरणमा चुुनाव गर्ने गरी पुस ५ गते नै निर्वाचनको मिति घोषणा गरेको थियो । आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोगले गरिरहेको तयारीबारे जानकारी लिन प्रधानमन्त्री गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारकर्मीलाई जानकारी दिए ।
प्रधानमन्त्री ओलीले प्रमुख आयुुक्तसहितका आयुुक्तसँग निर्वाचनको तयारीबारे छलफल गरेको र आयोगले गरिरहेको तयारी सन्तोषजनक रहेको भनी धन्यवाद ज्ञापन गरेको उनले बताए । निर्वाचनको कामलाई निरन्तर अघि बढाउन आयोग पदाधिकारीलाई सुुझाव दिँदै प्रधानमन्त्री ओलीले सोका लागि सबै प्रकारका स्रोतसाधन उपलब्ध हुुने तथा कुनै कमी हुन नदिइने विश्वास दिलाएका थिए ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०विवाद सम्बन्धमा प्रमुख निर्वाचन आयुुक्त थपलियाले यही माघ ११ गते एउटा निर्णय दिइसकेकामा माघ २० गते अर्को निवेदन पनि प्राप्त भएको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले त्यस विषयमा निर्वाचन कानून, हिजोका अभ्यासलगायत धेरै विषयका सन्दर्भमा जानकारी राख्दै जिज्ञासा माग गरेका थिए ।
प्रधानमन्त्री ओलीले मूूलतः निर्वाचनको तयारी सम्बन्धमा नै आयोगले गरिरहेको कामको जानकारी लिनका निम्ति गएकाले त्यसमा नै केन्द्रित रहेर छलफल भएको सल्लाहकार थापाले स्पष्ट पारे । प्रधानमन्त्रीका साथ उपप्रधानमन्त्री, अर्थमन्त्री, कानून, न्याय तथा संसदीय मामिलामन्त्री तथा दलका तर्फबाट निर्वाचनसम्बन्धी जिम्मेवारी र सम्पर्क तोकिएका पूर्वसभामुख सुुवास नेम्वाङलगायत नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का नेता आयोग पुगेका थिए । रासस






