काठमाण्डौ । वायुसेवा सञ्चालक सङ्घका क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएका छन् । शुक्रबार सङ्घले काठमाण्डौमा आयोजना गरिएको हवाई सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै क्याप्टेन थापाले नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएका हुन् । उनका अनुसार हवाई दुर्घटना हुनुमा एउटा मात्रै कारण नभएर धेरै कारणले हुने बताए ।
अध्यक्ष थापाले हवाई दुर्घटना जहाज मेसिन, मौसम, प्राविधिक पक्ष, व्यवस्थापन, नियमन र मानवीय गल्ती लगायतको कुनै पनि कारण हुनसक्ने बताए ।उहाँले नेपालको हवाई उडान उद्योग असुरक्षित नभएको दाबी गरे ।अध्यक्ष थापाले नेपालमा हवाई दुर्घटना हुन नदिनको लागि नियमन निकायले थप सुरक्षित अवधारणाहरु ल्याउन जरुरी रहेको औँल्याए ।
उनले नेपालको हवाई उद्योग देशको अर्थतन्त्रको धरोहर भएको भन्दै हवाई उद्योगले पर्यटन उद्योगलाई ठूलो टेवा पुर्याएको उल्लेख गरे । अध्यक्ष थापाले विमान काठमाण्डौ बाहिरका विमानस्थलमा पार्किङको लागि लैजानुपर्ने विषयमा नागरिक उड्डयन प्राधिकरणले बाहिरका विमानस्थलहरुमा प्राप्त हवाई पूर्वाधारहरु उपलब्ध गराउनुपर्ने बताए ।
उनले वायु सेवा कम्पनीहरु नेपालका सबै क्षेत्रमा हवाई सेवा पुर्याउन तयार रहेको भन्दै सरकारले त्यही अनुसार हवाई पूर्वाधार बनाउन आवश्यक रहेको दाबी गरे । उनले हरेक विमानस्थलमा प्राधिकरणले प्राप्त हवाई पूर्वाधारहरु उपलब्ध गराएमा काठमाण्डौ भन्दा बाहिरका विमानस्थलहरुमा हवाई कम्पनीका जहाजहरु जान तयार रहेको बताए ।
अध्यक्ष थापाले काठमाण्डौ विमानस्थलमा जहाज पार्किङको लागि सानो ठाउँ रहेको तर काठमाण्डौ बाहिरका विमानस्थलहरुमा पार्किङका लागि प्राप्त पूर्वाधारहरु नभएको बताए । उनले भने,‘नेपालको हवाई उडान र उद्योग धेरै सुरक्षित रहेको छ । हवाई सुरक्षा धेरै राम्रो र पाइलटहरु अनुभवी भएको देशमा पनि हवाई दुर्घटनाहरु भएका छन् । त्यसैले नेपालको हवाई उडान उद्योग असुरक्षित छैन । दुर्घटनालाई नजरअन्दाज गर्नुपर्छ भनेको होइन । दुर्घटना हुन नदिनको लागि हामीले नयाँ अवधारणाहरु बनाउँदै जानुपर्छ ।ु
सङ्घका महासचिव मनोज कार्कीले नागरिक उड्डयन प्राधिकरणले हवाई उडानका लागि ल्याएका नयाँ व्यवस्था वायुसेवा सञ्चालकहरुको समेत सहकार्यमा ल्याएको बताए । उनले प्राधिकरणले ल्याएको नयाँ नियमले हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउन मद्दत पुग्ने बताए । उनले प्राधिकरणले यसअघि भएको हवाई उडान मापदण्डहरु असुरक्षित भएर नयाँ नियम ल्याएको भने नभएको दाबी गरे ।
उनले प्राधिकरणको नयाँ नियम सञ्चालक सङ्घले तत्काल पालना गर्न तयार रहेको बताए । उनले भने,‘नागरिक उड्डयन प्राधिकरणले हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउनको लागि नयाँ व्यवस्था गरेको हो । तर यसअघि भएको हवाई उडान मापदण्डहरु असुरक्षित भएर नयाँ आएको भने होइन । यसअघि लागू भइरहेका मापदण्डहरुका कारण समस्या भए थप सुधार गर्न लागि आएको हो ।
नागरिक उड्डयन प्राधिकरणले ल्याएका पाँच मापदण्ड वायुसेवा सञ्चालक सङ्घ र प्राधिकरणबीच छलफल भएर आएको हो । त्यसलाई आजदेखि नै लागू गर्न चाहेका छौँ । नयाँ मापदण्डले हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउन सहयोग पुग्ने देखिन्छ ।’ त्यस्तै,नागरिक उड्डयन प्राधिकरणका निर्देशक श्यामकिशोर साहले नेपालको हवाई उडान सुरक्षित बनाउनको लागि हवाई ट्राफिक कन्टोलरलाई थप तालिमको आवश्यकता रहेको बताए ।
उनले भने,‘हवाई सुरक्षामा नियमन, तालिम र टेक्नोलोजीमा भरपर्छ । हामी तालिमको पक्षमा एकदमै कमजोर रहेका छौँ । पाइलट, इन्जिनियर, ट्राफिक कन्ट्रोलरलगायत फ्रन्टलाइनमा काम गर्नेहरुलाई तालिमको कमी छ । त्यसमा पनि पाइलट र इन्जिनियरहरुमा अलि बढी तालिम दिने गरेको भएता पनि हवाई ट्राफिक कन्ट्रोलरहरुलाई कम भएको छ । नागरिक उड्डयन प्राधिकरणले दिने तालिमहरुमा समेत कमी छ । प्राधिकरणले ट्राफिक कन्ट्रोलरहरुलाई दिने तालिम बढाउन आवश्यक छ ।ु
उनले नेपालमा नम्बरका आधारमा विमानस्थलहरु बढाए पनि हवाई ट्राफिक कन्ट्रोलमा जनशक्तिको अभाव रहेको बताए । उनले विमानस्थल बढेसँगै हवाई ट्राफिक कन्ट्रोल पनि बढेको बताउँदै काम गर्ने जनशक्तिको अभाव भइरहेको गुनासो गरे । उनले नेपालको हवाई उडान उद्योग असुरक्षित नभएको दाबी गरे ।अध्यक्ष थापाले नेपालमा हवाई दुर्घटना हुन नदिनको लागि नियमन निकायले थप सुरक्षित अवधारणाहरु ल्याउन जरुरी रहेको औँल्याए ।
उनले नेपालको हवाई उद्योग देशको अर्थतन्त्रको धरोहर भएको भन्दै हवाई उद्योगले पर्यटन उद्योगलाई ठूलो टेवा पुर्याएको उल्लेख गरे । अध्यक्ष थापाले विमान काठमाण्डौ बाहिरका विमानस्थलमा पार्किङको लागि लैजानुपर्ने विषयमा नागरिक उड्डयन प्राधिकरणले बाहिरका विमानस्थलहरुमा प्राप्त हवाई पूर्वाधारहरु उपलब्ध गराउनुपर्ने बताए ।
उनले वायु सेवा कम्पनीहरु नेपालका सबै क्षेत्रमा हवाई सेवा पुर्याउन तयार रहेको भन्दै सरकारले त्यही अनुसार हवाई पूर्वाधार बनाउन आवश्यक रहेको दाबी गरे । उनले हरेक विमानस्थलमा प्राधिकरणले प्राप्त हवाई पूर्वाधारहरु उपलब्ध गराएमा काठमाण्डौ भन्दा बाहिरका विमानस्थलहरुमा हवाई कम्पनीका जहाजहरु जान तयार रहेको बताए । अध्यक्ष थापाले काठमाण्डौ विमानस्थलमा जहाज पार्किङको लागि सानो ठाउँ रहेको तर काठमाण्डौ बाहिरका विमानस्थलहरुमा पार्किङका लागि प्राप्त पूर्वाधारहरु नभएको बताए ।
सङ्घका महासचिव मनोज कार्कीले नागरिक उड्डयन प्राधिकरणले हवाई उडानका लागि ल्याएका नयाँ व्यवस्था वायुसेवा सञ्चालकहरुको समेत सहकार्यमा ल्याएको बताए । उनले प्राधिकरणले ल्याएको नयाँ नियमले हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउन मद्दत पुग्ने बताए । उनले प्राधिकरणले यसअघि भएको हवाई उडान मापदण्डहरु असुरक्षित भएर नयाँ नियम ल्याएको भने नभएको दाबी गरे ।
त्यस्तै,नागरिक उड्डयन प्राधिकरणका निर्देशक श्यामकिशोर साहले नेपालको हवाई उडान सुरक्षित बनाउनको लागि हवाई ट्राफिक कन्टोलरलाई थप तालिमको आवश्यकता रहेको बताए । उनले भने,‘हवाई सुरक्षामा नियमन, तालिम र टेक्नोलोजीमा भरपर्छ । हामी तालिमको पक्षमा एकदमै कमजोर रहेका छौँ । पाइलट, इन्जिनियर, ट्राफिक कन्ट्रोलरलगायत फ्रन्टलाइनमा काम गर्नेहरुलाई तालिमको कमी छ ।
त्यसमा पनि पाइलट र इन्जिनियरहरुमा अलि बढी तालिम दिने गरेको भएता पनि हवाई ट्राफिक कन्ट्रोलरहरुलाई कम भएको छ । नागरिक उड्डयन प्राधिकरणले दिने तालिमहरुमा समेत कमी छ । प्राधिकरणले ट्राफिक कन्ट्रोलरहरुलाई दिने तालिम बढाउन आवश्यक छ ।ु उनले नेपालमा नम्बरका आधारमा विमानस्थलहरु बढाए पनि हवाई ट्राफिक कन्ट्रोलमा जनशक्तिको अभाव रहेको बताए ।






