काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड अर्थात् उच्च खेल भावना अवार्ड प्राप्त गरेका छन् । आईसीसीले आसिफलाई स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गरेको जनाएको छ ।
गएको वर्ष फागुनमा ओमानमा भएको चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा आयरल्यान्डसँगको खेलमा देखाएको खेल भावनाले आसिफले यो अवार्ड जितेका हुन् । आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिने क्रममा मैदानमा लड्न पुगेपछि आसिफले रन आउट गरेका थिएनन् ।
यो खेलमा देखिएको उच्च खेल भावनाको यस वर्ष सर्वाधिक चर्चा र प्रशंसा भएको थियो । योपनि वस्तुको गुणस्तर कायम गरी उपभोक्ता ठगिनबाट बचाउन नेपाल गुणस्तर तथा नापतौल विभागले करिब सय वस्तुको गुणस्तर मापदण्ड तयार गरेरको छ । विभागको प्राविधिक समितिले मापदण्ड पास गरेर नेपाल गुणस्तर परिषद्मा पेश गरेको छ ।
बजारमा विभिन्न प्रकारका गुणस्तरहीन औद्योगिक वस्तु बिक्री वितरण भइरहेको गुनासो आएपछि विभागले विभिन्न वस्तुको मापदण्ड तयार गरेको हो। विभागले तयार गरेको मापदण्ड नेपाल गुणस्तर परिषद्ले पारित गरेपछि कार्यान्वयन हुन्छ । परिषद्को अध्यक्ष उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहने व्यवस्था छ ।
आम उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन गुणस्तर मापदण्ड तयार गरेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दीनानाथ मिश्रले बताए। ‘९८ वटा वस्तुको गुणस्तर मापदण्ड तयार गरेर प्राविधिक समितिले पास गरिसकेको छ ।’ महानिर्देशक मिश्रले भने, ‘परिषद् बैठकको पर्खाइमा छौं ।’ परिषद् बैठकबाट पारित गर्ने विभागको तयारी छ ।
नयाँ मन्त्री आएकाले छिट्टै बैठक बस्न अनुरोध गर्ने विभागले जनाएको छ । विभागका अनुसार ऊर्जा व्यवस्थापन प्रणाली, रेफ्रिजेनेटर, शैक्षिक संस्था, पानीको गुणस्तर, चिया, टेक्सटाइल, विभिन्न तेल, खेलौना, मल, फुटवेयर, रबर लगायतका वस्तुको मापदण्ड तयार गरिएको छ ।
कतिपय वस्तुको मापदण्ड छ भने केहीको परीक्षण गर्ने विधि, प्रक्रियाको पनि मापदण्ड तयार गरिएको छ । उपभोक्ताले प्रयोग गर्ने वस्तु र परीक्षण गर्ने विधि गुणस्तरीय हुन भनेर स्ट्याण्डर्ड तयार गरेको हो । यो समाचार नागरिक दैनिकमा छ ।






