काठमाण्डौ । छालाको सौन्दर्य बाहिरी स्वास्थ्यका साथै आन्तरिक स्वास्थ्यमा पनि भर पर्छ । हाम्रो शरीर जति स्वस्थ हुन्छ, हाम्रो छाला त्यति नै चम्किलो हुन्छ । सधैँ सुन्दर र जवान देखिनका लागि पहिलो सर्त हो, स्वास्थ्य जीवन ।
शारीरिक रूपमा स्वास्थ्य र तन्दुरुस्त भइयो भने त्यसको प्रभाव अनुहार, छाला, केस सबैमा देखिन्छ । यसका लागि नियमित व्यायाम, सन्तुलित खानपान जस्ता कुरालाई आत्मसात् गर्नुपर्छ ।
यदि सधैँ सुन्दर, जवान र ऊर्जावान् रहने हो भने योगलाई जीवनशैलीको एउटा हिस्सा बनाउनुपर्छ । नियमित हेरचाहले हाम्रो छालालाई स्वस्थ, चम्किलो र सुन्दर बनाउनुका साथै छालालाई समग्रमा राम्रो अवस्थामा राख्छ ।
हामीले दिनहुँ छालाका कोशिकाहरू फ्याँक्ने भएकाले छालालाई चम्किलो र स्वस्थ राख्न महत्त्वपूर्ण छ । हाम्रो वातावरणले पनि हाम्रो छालामा ठूलो प्रभाव पार्छ । प्रदूषण, तनाव, हामीले खाने र पिउने तरिका र हामीले सास लिने हावाले पनि हाम्रो छालालाई बिगार्छ ।
चम्किलो छालाका लागि खानामा यी खानेकुरा समावेश गर्न सकिन्छ……..
टमाटरः टमाटरमा एन्टिअक्सिडेन्ट उच्च हुन्छ र लाइकोपीनले भरिएको हुन्छ । यसले छालालाई राम्रो बनाउन मद्दत गर्न सक्छ । यसलाई आफ्नो आहारमा दैनिक रूपमा समावेश गर्नुपर्छ जसले तपाईंको छाला राम्रो बनाउन मद्दत गनर्छ ।
गाजरः गाजरमा भिटामिन ए हुन्छ । यसले घाममा परेको छाला, बुढ्यौली छाला र चाउरी पर्नबाट रोक्नका लागि धेरै उपयोगी साबित हुन सक्छ । भिटामिन ए ले छालालाई स्वस्थ र चम्किलो बनाउँछ ।
काँक्राः काँक्रा पानीले भरिएको खानेकुरा हो जुन छालाको लागि एकदमै स्वस्थकर हुन्छ । यसले तपाईंको छालालाई हाइड्रेटेड र चिसो राख्छ । यसले तपाइँको छालालाई मुँहासे र यूवी विकिरणबाट बचाउँछ ।
यसले छालालाई चाउरी पर्नबाट पनि बचाउँछ र छालालाई कडा बनाउँछ । यसले छालाका कोशिकाहरूलाई क्षति हुनबाट समेत जोगाउँछ । स्वस्थ र सफा छालाका लागि बैजनी र गाढा गुलाबी रंगको तरकारी धेरै लाभदायक साबित हुन सक्छ ।
त्यसैले चुकन्दरमा भिटामिन ए, भिटामिन ई, क्याल्सियम र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ । सन्तुलित र स्वास्थ्य खानपान, सरसफाइमा ध्यान दिन निकै नै आवश्यक हुन्छ । नियमित योग तथा व्यायाम गर्ने ।
प्राकृतिक सौन्दर्य प्रसाधनको प्रयोग गर्ने । सुन्दर देखिनका लागि मेकअपमा मात्र जोड दिनु हुँदैन । जीवनशैलीमै परिवर्तन गर्नुपर्छ । पर्याप्त निदाउनु पर्छ, यसले केवल हर्मोन मात्र सन्तुलित रहँदैन,
प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ । मेकअप र कसरत भन्दा सुन्दरताको लागि आत्मविश्वास बढाउँछ । रिस, आवेग, क्रोधले सौन्दर्यमा ह्रास आउँछ ।






