जुम्ला । जुम्लामा पुरुषले भन्दा बढी महिलाले मतदान गरेको पाइएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुुसार जम्मा ४५ हजार ६५ मत खसेको छ । उनका अनुसार जु्म्लामा महिला मतदाताले बढी मतदान गरेका छन् ।
खसेको कुल मतमध्ये २३ हजार एकसय दुई जना महिला र २१ हजार नौसय ९७ पुरुष मतदाताले मत हालेका छन् । जुम्लामा ६८ हजार ६३८ मतदातामध्ये ३२ हजार ९३८ महिला र ३५ हजार ७ सय पुरुष रहेका थिए ।
योपनि गोरखा । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत गोरखाको उत्तरी क्षेत्रका मतपेटिका सङ्कलन भइरहेको छ । जिल्लाका चुमनुब्री गाउँपालिकामा रहेका मतदान केन्द्रका मतपेटिका ल्याउन हेलिकप्टर पठाउने तयारी गरिएको छ ।
उत्तरी क्षेत्रका मतपेटिका हेलिकप्टरमार्फत् सदरमुकाम ल्याउन मुख्य निर्वाचन अधिृकत कार्यालयले आयोगमा सिफारिस गरेको छ । आज बेलुकासम्म मतपेटिका ल्याइने तयारी छ । क्षेत्र नं १ अन्तर्गतका भीमसेनथापा, शहीदलखन र आरुघाट गाउँपालिकाको मतपेटिका गएराति नै सदरमुकाम ल्याइसकिएको छ ।
क्षेत्र नं १ का मतपेटिका सदरमुकाममा रहेको जिल्ला समन्वय समितिको हलमा राखिएको छ । क्षेत्र नं १ को गणना त्यहीँ हुनेछ । क्षेत्र नं २ को मतपेटिका सङ्कलन भइसकेको छ । क्षेत्र नं २ को लक्ष्मी बजारमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने यस क्षेत्रका सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो । उज्यालो ।






