कञ्चनपुर । कञ्चनपुरकी एक बालिकाले टिकटकमा भाईरल हने क्रममा सानै उमेरमा आफ्नो ज्यान गुमाएकी छन् । कक्षा ७ मा पढीरहेकी १३ वर्षीया करुणा चन्दले टिकटकमा भाइरल हुने क्रममा आफ्नो ज्यान गुमाएकी हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाकी उनलाई टिकटकमा भाइरल बन्न केही नयाँ र फरक गनुपर्ने भन्दै कसैले सुनाइदिएको हुनाले उनले त्यही कुरालाई पच्छ्याउने क्रममा उनको ज्यान गएको हो ।
त्यसपछि माघ १२ गते भाइरल बन्न उनले स्टुलमा चढेर पं’खा’मा डो’री बाँ’धि न् । उक्त समयमा करुणाका साथमा सानो भाइ मात्रै थिए। उमेरले सानै भएकाले दिदीले गरिरहेको क्रियाकलापका बारेमा उनी जानकार भएनन्। बारीमा घाँस काट्न गएकी आमालाई पनि सो कुराको जानकारी हुने कुरै भएन। टिकटक बनाउने बेला करुणाले पंखामा डो’री घाँ’टी’मा समेत बाँ’धे’की थिइन् । सोही समयमा खुट्टामुनी रहेको स्टुल ख’स्न पुग्यो र करुणा पंखामा झु’ण्डी’ एको एक आफन्तले बताए ।
उसो त चन्द दम्पतीले यसअघि पनि आफ्नो एक छोरा गु’मा’इसकेका थिए । केही वर्षअघि करुणाका दाईको पनि नहरमा डु’बेर मृत्यु भएको थियो । उक्त घाउ निको नहुँदै फेरि उनीलाई ठुलै बज्रपात परेका छ । आज करुणा गएको १२ दिन पुगीसक्यो तर उनीहरुका आँसु थामिएका छैनन् । उनीहरु रोइरहेका छन् । छिनछिनमै उनीहरुका आँखा रसाइरहेको आफन्तहरु बताउँछन् ।
उक्त घटनाबारे अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले समेत करुणाले दिउँसो टिकटक बनाएको भन्ने पुष्टि भएको जनाएको छ । ‘दिउँसो दिदीभाई मिलेर टिकटक बनाएको भन्ने छ । त्यसकै साँझ करुणा यस्तो अवस्थामा फेला परिन्’ कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले भने, ‘घ’ट’नाको अझै अनुसन्धान भइरहेको छ । पो’ष्टमा’र्टम रि’र्पाटले पनि झु’ण्डी’एकै कारण उनको मृत्यु भएको पुष्टि गरेको छ ।’






