रुपनी जि.एम, बर्दिया । नेकपा एकिकृत समाजबादीका तर्फबाट बर्दिया निवाएचन क्षेत्र नं. १ को (क) बाट प्रदेशसभा सदस्य पदका लागि उमेद्वार बनेका दिल बहादुर के.सी यतिबेला बिहानै जनताको घरआँगनमा भोट माग्न पुग्ने गर्छन् । नेकपा एमालेले कम्युनिष्टको विचारधारालाई त्यागेको आरोप लगाउँदै उनी माधव नेपालको नयाँ पार्टी एकिकृत समाजबादीमा प्रवेश गरेका हुन् ।
राजनीतिको शुरुवात एमालेबाट गरेका नेता के.सीले आफ्नो पुरै जीनव नै एमालेमा समपर्ण गरेका थिए । तर आज उनै के.सीकालागि नेकपा एमाले भन्ने पार्टी पार्टी नभएर अध्यक्ष ओलीको ‘बा पार्टी’ भएको आरोप लगाउन पछि पर्दैनन् । उनको भनाई अनुसार यो निर्वाचनमा एमालेका उमेदवारहरुले जे जे एजेण्डा बोकेर जनताका घर दैलोमा जाने गरेका छन् ती सबै एजेण्डाहरु एमालेमा रहंदा कमरेड माधव नेपालका एजेण्डा हुन् ।
उनी भन्छन्,‘अहिले एमालेका नेताहरु जुन एजेण्डाका साथ चुुनावी अभियानमा हिंडि रहनु भएको छ ती सबै एजेण्डाहरु कुनै कमरेड माधव नेपाल एमालेमा रहंदाका एजेण्डा हुन् भने कुनै कमरेड मनमोहनको पालका हुन् । एमालेको त कुनै एजेण्डा नै छैन ।’ उनी अगडी भन्छन्,‘जनतालाई भ्रमित गरेर झुटो आश्वासनमा पार्टी चलाउन खोज्नु ओली र उनका नेता कार्यकर्ताहरुको विशेषता नै हो । यो कुरा जनताले बुझिसकेका छन् । त्यसैको नतिजा हो स्थानिय निर्वाचन । धेरै पर जानै पर्दैन नि ।’
बर्दियामा बसेर राजनीतीमा दशकौं अनुभव बटुलेका नेता के.सी जनताका घरआँगन भोट माग्न पुगी रहंदा के भन्छन् त जवाफ दिन्छन् त उनका निर्वाचन क्षेत्रका मतदाताले भन्ने प्रश्नमा उनी भन्छन्,‘तपाईँ हाम्रो पुरानो नेता हो । आफ्नै गाउँठाउँको मान्छे । तपाईँ लामो समय एमालेमा रहेर काम गरी रहनु भएको थियो । तपाईँ अहिलेसम्म कुनै राजकीय पदमा पुग्नु भएको छैन । तपाई ढुक्क हुनुहोस् यस पाली हामी तपाईँलाई जिताउँछौं । हामीलाई पार्टीसंग कुनै मतलब छैन ।’ जनताले आफुुलाई यसरी आश्वासन दिन्छन् भन्ने कुरा उनले हिमालय न्यूज हबसंगको कुराकानीमा सुनाए ।
एमालेमा रहंदा विस्तारै विस्तारै काम गर्ने अवसरबाट बञ्चित हुँदै गरेका नेता दिल बहादुर के.सी अहिले नेकपा एकिकृत समाजबादीको बर्दिया जिल्ला उपाध्यक्ष बनेका छन् । वि.सं. ०३६ सालदेखि राजनीति शुरु गरेका दिल बहादुर उतिबेला १६÷१७ वर्षका थिए । उनको राजनीति यात्रा नेकपा मालेबाट भएको थिए । एकताको पाँचौं मालेको विद्यार्थी संगठन अन्तर्गत उनी अनेरास्ववियूूमा आवद्ध भए । त्यसपछि उनी पर्वत जिल्लामा ०३९ सालमा विद्यार्थीको केन्द्रिय प्रतिनीधि हुन पुगे ।
त्यसपछि ०४० सालमा एसएलसी पास गरेका दिन बहादुरले पर्वत छाडे । पढाईको शिलशिलामा नेपालगञ्ज झरेका उनले ०४१ सालतिर कानून विषय लिएर महेन्द्र बहुमुखि क्याम्पसको विद्यार्थी बने । त्याहाँ उनी विद्यार्थीको प्रारम्भिक कमिटिमा आवद्ध भएर आफ्नो राजनीति यात्रालाई निरन्तर अघि बढाई रहे । वि.सं. ०४७ सालमा पार्टी सदस्य प्राप्त गरेको दिल बहादुरले त्यतिबेला सबैलाई पार्टीको सदस्य बनाउनमा अग्रणी भूमिका निर्वाह गरे ।
त्यो समयमा ४४÷४५ जनाको पार्टी सदस्य रहेको स्मरण गर्दै आफ्ना कुरा सुनाएका दिल बहादुरले ०४९ सालमा बर्दियाको सोरहवा गाविसको अध्यक्ष भएको पनि बताए । बीचमा पार्टीमा एकता भएर एमाले बनेपछि फाटेको मालेमै उनी बसि रहे । विचार मिलेकै कारण र आफुले नेता मानेकै कारण उनले माले नछाडेको बताए । त्यतिबेलाको टनकपुर सन्धिको विषयलाई उठाईएको कुरा गलत थियो भन्दै तर हामीले त्यो विषयलाई समर्थन नगरेकै कारण हामी ठीक थियौं भन्ने पछि महसुस भयो भन्ने कुरा उनले अनुभवको संगालो फुकाउँदै सुनाए ।
त्यसपछि ०५४÷०५५ सालतिर जिल्लाको निर्वाचन हुँदा त्यो बेला समन्वय समितिको सदस्यमा झिनो मतले हारेको उनले सुनाए । विगतलाई सम्झदैं र वर्तमान परिस्थितिलाई नियाल्दै उनले नेकपा एमालेबाट अलग्गिएर नेकपा एकिकृत समाजबादीमा प्रवेश गरेकोमा मनमा कुनै प्रकारको खिन्नता नभएको बताए ।
नेकपा एमालेमा पटक पटक घात भएको महसुस गरेका दिल बहादुर यस पालि भने समाजबादीबाट बर्दिया निर्वाचन क्षेत्र नं. १ को (क) बाट प्रदेश सभा सदस्य पदका लागि उम्मेदवार बनेका छन् । उनी समाजबादीको बर्दिया जिल्ला उपाध्यक्ष पनि हुन् । समाजबादीले कम्यूूनिष्टको संरक्षण गर्ने बताउँदै बर्दिया क्षेत्र नं. १ (क) को समग्र विकासकालागि कलम चिन्ह्मा स्वस्तिक छाप लगाएर आफुलाई जताई दिन उनले आग्रह गरे ।






