काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा भारतले जिम्बावेलाई हराएको छ । आज आइतवार मेलबर्नमा भएको खेलमा भारतले जिम्बावेलाई ७१ रनले हरायो । भारतले दिएको एक सय ८७ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर २ बलमा अलआउट हुँदै एक सय १५ रनमात्रै बनायो ।
यसका लागि रायल बर्लले ३५ र सिकन्दर राजाले ३४ रन बनाए । बलिङतर्फ भारतका रविचन्द्रन अश्विनले तीन तथा मोहम्मद शामी र हार्दिक पान्डेयाले दुईरदुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८६ रन बनायो ।
उसका लागि सूर्यकुमार यादवले नटआउट ६१ र केएल राहुलले ५१ रन बनाए । बलिङतर्फ जिम्बावेका सेन विलियम्सले दुई विकेट लिए । यो जितसँगै भारत समूह ु२ु को विजेता बनेको छ । अब भारतले सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग खेल्नेछ । यही समूहबाट उपविजेता बनेको पाकिस्तानले न्युजिल्यान्डसँग सेमिफाइनल खेल्नेछ ।






