नेपालगन्ज । आई एन एफ नेपालले आफनो ७० औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ साइनिङ्ग अस्पतालको परिसरमा कार्तिक १८ गते शुक्रबार मनाएको छ । शुक्रबार आफ्नै प्रांगढमा आई एन एफ नेपालले आफनो ७० औं वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रमको जानकी गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि छब्बन खाँले पानसमा बत्ती बाली र फूलको बिरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
अध्यक्ष खाँले कुष्टरोग लागेका मानिसलाई आफनै परिवारका सदस्यहरुले राम्रो व्यवहार नगरेको उदाहरण दिंदै डाक्टरहरुले आफना आमाबुवा भन्दा बढी माया गरी वर्षौंसम्म उपचार गरेर निको पारेको बताए । उनले भने,‘कुष्टरोग लागेकालाई परिवारको सदस्यले राम्रो व्यवहार गर्दैनन् । तर डाक्टरहरुले आफ्नो पन देखाउँदै विरामीहरुलाई स्याहार गरेर निको बनाउनु हुन्छ । उहाँहरुबाट परिवारका सदसयहरुले यो कुरा सिक्न आवश्यक छ ।’ उनले भने,‘उहाँहरु नै हाम्रा आमा बुवा हुन् र हाम्रो पालिकाबाट के कस्तो सहयोग गर्न सकिन्छ हामी गर्ने छौं ।’
शकुन्तला सुवेदीद्वारा सञ्चालित, आई एन एफ नेपालका रामचन्द्र तिमोथीको अध्यक्ष्तामा, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. बिनोद कुमार गिरीको विशिष्ट आतिथ्यिमा सम्पन्न भएको कार्यक्रममा आई।एन।एफ नेपालका कार्यकारिणी समितिका उपाध्यक्ष राजेन्द्र अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा आई एन एफ नेपालको संस्थागतको परिचय बारे जानकारी आई एन एफ नेपालका कार्यकारी कृष्ण बहादुर अधिकारीले गराएका थिए ।
आई एन एफ नेपालको स्वास्थ्य सेवाको बारे जानकारी मेडिकल सर्भिसेज डाईरेक्टर डा. अरुण कुमार बुढाले गराएका थिए । उक्त कार्यक्रममा आई एन एफ नेपाललाई समय समयमा सहयोग पु¥याउनु हुने सरकारी तथा गैर सरकारी संग संस्थाहरुलाई कृतज्ञता– पत्र र मायाको चिनोद्वारा सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा जानकी गाउँपालिका, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय, भेरी अस्पताल नेपालगन्ज, जिल्ला समन्वय समिति बाँके, जिल्ला प्रशासन कार्यालय बाँके,
जानकी गाउँपालिका वार्ड नं.–३, स्वास्थ्य कार्यलाय बाँके, स्वास्थ्य कार्यलाय बर्दिया, नेपालगन्ज उप–महानगरपालिका, औषधी व्यवस्था कार्यालय बाँके, ईलाका प्रहरी कार्यालय जानकी–३ बाँकेलाई सम्मान गरिएको थियो । कदर पत्रद्वारा गैर सरकारी संस्था बाँके, माइती नेपाल, नेपाल क्षयरोग निावारण संस्था बाँके, डेक नेपाल, टिबी नेपाल, मिलाप नेपाल, कान्तिपुर राष्ट्रिय दैनिक, हाम्रो समाचचर दैनिक, कालपृष्ठ दैनिक, कृष्णसार एफ एम, दैनिक नेपालगन्ज, स्थानीय जेष्ठ नागरिक अमर सिंह ठाकुर (अमर दास) लगायत १८ वठा संघसंस्थाहरुलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
आई एन एफ नेपालद्वारा सञ्चालित साइनिङ्ग अस्पतालका कर्मचारीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो सम्मानित व्यक्तित्वहरुमा साइनिङ्ग अस्पतालका इन्चार्ज मंगलबहादुर थारु, याम बहादुर खत्री, अविशेक बिक, मीना महतो, दिपक कुमार थारु, जय बहादुर मल्ल, बसन्त कुमार रावत, कल बहादुर, राजु घर्तीमगर, जयसरा बुढा, निर्दोष ढकाल, चुल्लु चौधरी, नरेन्द्र बहादुर साउद, सिर्जना रानामगर, चन्द्र बाहदुर गुरुङ्ग,पूर्णिमा चौधरी, हिरा कुमारी रावत, गौरी खढका लगायतलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा। बिनोद कुमार गिरी, आई।एन।एफ ईन्टरनेशनल वोर्ड सदस्य डा. ईन्गे बाउमेन मे, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खडक प्रासाद उपाध्याय, स्वास्थ्य कार्यालय बाँकेका क्षय÷कुष्ट फोकल पर्सन मान बहादुर नेपाली, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोर्कण गिरी,
नेपालगन्ज उप–महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह, जानकी गाउँपालिका वार्ड नं।–३ वडाध्यक्ष राज कुमार वर्मा, भेरी अस्पताल नोपालगन्जका प्रमुख बद्री चापागाई, सेवाग्राही गुलाम हसमत साईले आफनो अनुभव सुनाएका थिए । लगायतले शुभकनामनाख मन्तव्य व्यक्त गर्नु भएको थियो । यसरी सो कार्यक्रममा सावित्री बिक सहितका कर्मचारीद्वारा नृत्य प्रस्तुत गरिएको थियो ।






