काठमाण्डौ । बेवारिसे व्यवस्थापन समितिका अध्यक्ष विनयजंग बस्नेत र सपना रोका मगरबीचको सम्बन्धको बारेमा यतिबेला सामाजिक सञ्जालहरुमा निकै नै खैलामैला मच्चि रहेको छ । सपना र विनजंग अलग भएदेखि नै यिनीहरुको सम्बन्धमा विभिन्न खाले प्रश्नहरु उठ्दै आईरहेको बेला सपनाका आमाबुवाले नै विनयजंगकै कारण सपना विनयजंगबाट टाढीएको बताएपछि सामाजिक सञ्जालमा खैलाबैला मच्चिएको हो ।
जब सपनाको आमाबुवा एकै साथ मिडियामा आएर विनयजंगले छोरी भन्ने नाम दिएर छोरी सपनालाई यौ’न दु’व्र्य’वहा’रहरु गर्ने प्रयास गरेको अभिव्यक्ति दिए तबदेखि नै विनयजंगप्रति धेरैले कारर्वाहीको माग गरेका छन् । उत आफु विरुद्ध सपना र उनका आमाबुवाले लगाएको आरोपहरु सुनेर विनयजंग भने अचम्मित छन् । उनको भनाई अनुसार सपना र उनका अभिभावकले यस्तो आरोप लगाउन सक्छन् यो उनको कल्पनाभन्दा परको कुरा थियो ।
चारैतिर आफुविरुद्ध सञ्जालहरु खनिएपछि विनयजंगले आफ्नो र सपनाकोबीचको सम्बन्धको विषयमा बोलेका छन् । उनले सपनासंग भेट भएदेखि छुट्टीदासम्मको एकएक पलका कुराहरु गरेका छन् । विनयले सपनालाई छोरीकै दर्जामा राखेर व्यवहार गरेको बताएका छन् । उनी भावुक हुँदै भन्छन्,‘सपनालाई मैले जुनदिनदेखि भेटे उस्लाई मैले केवल छोरीकै नजरबाट हेरें । तर आज मलाई नै यस्तो घिनलाग्दो आरोप उस्ले र उस्को परिवारले लगाउलान् यो मेरो सोचाईभन्दा परको कुरा थियो ।’ भिडियो






