जुम्ला । जुम्लामा नेपाली सेनाको हेलिकोप्टरमा मतपत्र ओसार्न थालिएको छ । निर्वाचन आयोगले हेलिकप्टरबाट मतपत्र सुर्खेतबाट जुम्ला ओसार्न थालेको हो । नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार आज बुधवार दुई पटक नेपाली सेनाको (एनए ०५५ ईसीयू (इक्वेरल) हेलिकप्टरले मतपत्र ओसारेको जानकारी दिए ।
उनका अनुसार कर्णाली राजमार्गमा सडक बिग्रेकाले हेलिकप्टरमा मतपत्र ल्याउनुपरेको हो । काठमाण्डौबाट सुर्खेतमा गाडीमा आएको मतपत्र सुर्खेतबाट हेलिकप्टरमा जुम्ला ओसार्न थालिएको हो । जुम्लाका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट बुधबार हेलिकप्टरमा समानुपातिकतर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला पुगेको छ ।
अब समानुपातिकको चार हजार मतपत्र आउन बाँकी छ । भोलि बिहीवार प्रत्यक्षतर्फको एक लाख ५३ हजार मतपत्र हेलिकप्टरबाटै ल्याइने मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए । उज्यालो ।






