काठमाडौ । राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले दोस्रो जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा चन्द्रपुरले विराटनगर महानगरपालिकालाई १–० गोलले हरायो ।
चन्द्रपुरको जितमा रजनी थोकरले ७०औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । यसअघिका चार खेलमा पराजित चन्द्रपुरको यो दोस्रो जित हो । यसअघि चन्द्रपुरले चौदण्डीगढीलाई हराएको थियो ।
योपनि पढ्नुहोस्
रोनाल्डोको गोलले युभेन्टस् विजयी
एजेन्सी । इटालियन फुटबल लिग सिरी एक अन्तर्गत युभेन्टसले रोमालाई हराएको छ । गएराति सम्पन्न भएको खेलमा युभेन्टसले रोमाविरुद्ध २–० अन्तरले जीत हासिल गरेको हो ।
खेलको १३ औं मिनेटमा युभेन्टसका क्रिस्टियानो रोनाल्डोले गोल गरे । रोनाल्डोको गोलपछि युभेन्टसले शुरुवाती अग्रता लियो । त्यसपछि खेलको ६९ औं मिनेटमा रोमाका इबानेजले आत्मघाती गोल गरे । इबानेजको आत्मघाती गोलपछि युभेन्टसले २–० बनाएको थियो ।






