एजेन्सी । पाकिस्तानमा भएको उपचुनावमा पूर्वप्रधानमन्त्री इमरान खानले कीर्तिमानी कायम गरेका छन् । नेशनल असेम्बलीको आठ सिटका लागि हिजो आइतबार भएको उपचुनावमा खानले ६ सिटमा जित हात पार्दै कीर्तिमानी कायम गरेका हुन् । उनी सात सिटमा उम्मेदवार बनेका थिए ।
यसअघि सन् २०१८ को आम चुनावमा खानले नेशनल असेम्बलीको पाँच सिटमा चुनाव जितेर कीर्तिमान बनाएका थिए । आफ्नो पछिल्लो कीर्तिमान तोड्दै उहाँ यस पटक सात सिटमा विजयी हुनुभएको बीबीसी हिन्दीले जनाएको छ ।
उपचुनावमा खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले आठमध्ये ६ सिट र पाकिस्तान पिपल्स पार्टी (पीपीपी) ले दुई सिट जितेको छ ।चुनावमा पाएको सफलताको बलमा इमरानले आफ्ना लागि राजनीतिक ुस्पेशु बनाउने विश्लेषण भइरहेको बीबीसीले जनाएको छ ।






