कैलाली । कैलालीमा कार्यवाहक वडाध्यक्षको कोठामा प्रेमिका मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीको कोठामा उनकी प्रेमिका सञ्जिता चौधरी आइतबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।
मृतकका दाजु रमेश चौधरीले १० वर्षदेखि कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी बहिनी आइतबार बिहान उनकै कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेको प्रहरीलाई बताए । मृतकका दाई रमेशको भनाई अनुसार बहीनीको शव पा सो ल’गा’ए’को अवस्थामा भेटिएपनि खुट्टा भने भु’ईमा टेकिएको र बाहिरबाट ताल्चा लगाएका कारण ह’त्या गरिएको हुन सक्ने उनले बताए ।
प्रहरीका अनुसार नयाँ बनेको घरमा निरज र एक जना कामदारमात्रै बस्ने गर्थे । मृतकको परिवार स्रोतका अनुसार निरज र सञ्जिता लामो समयदेखि प्रेम सम्बन्ध थिए । शनिबार निरजले अर्की महिलालाई भगाएर ल्याएपछि सञ्जिता र उनको परिवार उनको घरमा पुगेका थिए ।
दुवै पक्षबीच रातिसम्म छलफल भएपछि निरजले दुबैलाई श्रीमतीको रूपमा राख्ने भनेपछि सञ्जितालाई निरजसँगै छोडेर उनको परिवार फर्किएको थियो । निरज राति नै भगाएर ल्याएकी महिलासँग भागेपछि सञ्जिताले माइतीलाई फोन गरी खबर गरेकी थिइन् । त्यसपछि बिहान उनको शव फेला परेको दाई रमेशले बताएका छन् ।
ईलाका प्रहरी कार्यालय चौमालाले भने घटनास्थल सिल गरिसकेको छ । घटनापछि कार्यवाहक वडाध्यक्ष चौधरी भने सम्पर्कविहीन भएको आफन्तले बताए । हालै अर्की युवतीसँग विवाह गरेका का. वडाध्यक्ष र उनकी श्रीमती शनिबार रातिदेखि नै सम्पर्कविहीन भएको स्थानीयले बताएका छन् ।






