काठमाण्डौ । नेपाली क्रिकेटका निलम्बित क्याप्टेन सन्दिप लामिछाने विरुद्ध बलात्कारको उजुरी दिएकी नाबालिकाको उमेर बालिग रहेको खुलासा भएको छ । उनको उमेर १९ वर्षको रहेको गाँउपालिका र सरकारी निकायका साथै प्रहरीको कागजातबाट सो कुरा देखिएको क्यनका अध्यक्ष चन्दले खुलासा गरेका छन् ।
उनीसंगको भेटमा सन्दीपले आफू निर्दोष रहेको बताएका छन् । सीसीटिभीको फुटेजमा पनि दुबै जना हाँसीखुसी गएको देखिएको उनको भनाई छ । उनले सन्दीपलाई कसैले नियोजित रुपमा फसाउन खोजेको बताएका छन् । उनले भने, ‘सन्दीप लामिछानेको घटनालाई क्यान ग’म्भीर रुपमा लिएको छ । यो घटना कसरी भयो प्रमाणीत हुन त बाँकी नै छ ।
उनले भने सन्दीपले जानीजानी फ’साइयो भनेका छन् । मसँग ५, ७ मिनेट मात्र कुराकानी भयो । ती युवती १८ बर्षभन्दा माथिकी छिन् । यस्तो प्रमाणीत जुटिसकेको छ । एक बर्ष उमेर घटाइएको छ । ‘भदौ २३ मा क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट नि’लम्बन गर्ने निर्णय गरेको थियो ।
लामिछाने विरु’द्ध प्रहरी वृत्त गौशालामा १७ वर्षीया किशोरीले भदौ २१ मा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् । विदेशमा क्रिकेट खेलिरहेका सन्दीप आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भए । १ महिनापछि उनी बिहीबार नेपाल फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।
नेपाली खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नेपालभन्दा बाहिर पनि समर्थक कमाएका सन्दीपजस्ता खेलाडी निकै कम छन् । तीनै थोरै खेलाडीका सूचीमा पर्छन् २२ वर्षीय सन्दीप लामिछाने । लामिछानेले विश्व क्रिकेटमा सर्वाधिक छोटो समयमा धेरै सफलता हात पार्ने सीमित क्रिकेटरमा पर्छन् ।
उनले हरेक क्रिकेटरको सपनाका रुपमा रहने इन्डियन प्रिमियर लिगदेखि अन्य टेस्ट राष्ट्रका चर्चित प्रतियोगिता सम्ममा आफूलाई उभ्याउन ६ वर्षको समयनै पर्याप्त बन्यो । क्यानका अध्यक्षका अनुसार उनीमाथि अहिले मिथ्या आरोप मात्रै लगाइएको हो ।






