काठमाण्डौ । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई गौशाला प्रहरी वृत्तमा लगिएको छ ।कतार एवरवेजवाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मसमर्पण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो ।पक्राउ परे लगत्तै उनी माथि प्रहरी कारबाही सुरु भएको छ ।
सन्दिप लामिछाने काठमाण्डौमा अवतरण गरेको कतार एअरवेजको ६४८ नम्बरको उडानमार्फत उनि काठमाण्डौ आइपुगेका थिए । उनलाई बिमानबाट नै पक्राउ गरिएको श्रोतले जानकारी दिएको छ । लामिछानेले आफू १० बजे नेपाल आइपुग्ने बताए पनि मौसम खराबीका कारण जहाज अवतरण हुन् सकेको थिएन् । एक नाबालिगले बला त्कारको आरोप लगाएपछि सन्दीपले आज प्रहरी समक्ष आत्मसमर्पण गर्ने छन् ।
उनी लामो समयदेखि देश बाहिर रहेका थिए । सन्दीपले नेपाल पुगेर आफू विरुद्ध लागेको झुट्टा मुद्दाको सामना गर्ने बताएका छन् । किशोरी बला’त्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आइपुग्दैछन् । सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र आत्मसमर्पण गर्ने जनाएका छन् । उनले लेखेका छन्…………
‘नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,’ उनले भनेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु ।’ तपाईंको समर्थन, विश्वास, विश्वास र तपाईंको आलोचनात्मक टिप्पणीहरू मैले मेरो सम्पत्ति, प्रेरणा र शक्तिको रूपमा लिएको छु ।
मलाई थाहा छ म षड्यन्त्र र गलत आरोपको कठिन समयको सामना गरिरहेको छु र यसको प्रभावको असर अकल्पनीय कुरा हो । हाम्रो कानुनी प्रणालीमा निर्दोष साबित भएका अभियुक्तहरूलाई क्षतिपूर्ति दिने कुनै संयन्त्र हुनुपर्छ भन्नेमा म विश्वस्त छु। ममाथि लागेको गलत कारवाही र आरोपका विरुद्ध छिट्टै कानुनी सहयोग खोज्नेछु र न्याय पाउनेमा विश्वस्त छु र छिट्टै क्रिकेट मैदानमा फर्केर मेरो प्यारो देशको नाम र कीर्तिमान बनाउनेछु र छिटोभन्दा छिटो न्यायको कामना गर्दछु ।






