तनहुँ । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई जनताले गल्लीमा घि’सार्ने चेतावनी दिएका छन् । उनले संविधान मिचेर नि’रं’कु’श शासन चलाउन खोज्ने प्रधानमन्त्री केपीको साथमा लागेर प्रचण्ड र आफूलाई चिडियाखानामा थुन्ने ध’म्की दिने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई आन्दोलन सफल भएपछि जनताले गल्लीमा घि’सार्ने चेतावनी दिएका हुन् ।
दमौलीमा शनिबार तनहुँका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले ओली र थापाको अन्त्य इतिहासका ता’ना’शा’हको जस्तै हुने उल्लेख गरे । ओली समूहले शुक्रबार राजधानीमा गरेको शक्ति प्रदर्शनमा गृहमन्त्री थापाले प्रचण्ड–नेपाल समूहलाई लक्षित गर्दै ‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको चिडियाखानामा थुन्ने’ अभिव्यक्ति दिएका थिए ।
सत्ताको दुरुपयोग गरेर दिइने ध’म्कीबाट नि’रं’कु’श’ताविरुद्ध यु’द्ध, क्रा’न्ति र जे’ल’ने’ल सहेर आएका, नेता कार्यकर्ता नडराउने नेता पुनले बताए । विगतमा ध’म्की दिने ज्ञानेन्द्र शाहको अहिलेको अवस्था हेर्न सुझाव दिँदै उनले ओली र थापाको हालत पनि त्यस्तै हुने उल्लेख गरे । ध’म्की दिन र सडकमा पञ्च¥याली शैलीमा प्रदर्शन छाडेर जनताका पक्षमा लोकप्रिय काम गरे विरोधी आफैं तह लाग्ने उनको भनाइ थियो ।






