नेपालगञ्ज । छात्राहरुको शारीरिक विकास र आत्मासुुरक्षाकोलागि १ महिने निशुल्क कराँते तालिमक सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगर पालिका वडा नं. ४ को वडा कार्यालयको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो । सोमबारदेखि शुरु गरिएको उक्त तालिममा नेपालगञ्ज स्थित कन्या माध्यामिक विद्यालय र गैशिया माध्यामिक विद्यालयका छात्राहरुले भाग लिएको वडाध्यक्ष गोपाल पुनले जनाकारी दिए ।
तालिमले छात्राहरुको आत्मबल बढाउनुका साथै कुनैपनि बेला महिलाहरु माथि आई लाग्ने समस्याहरु जस्तै छेडखानी, बलात्कारको प्रयास, सार्वजनिक रुपमा गरिने दुव्र्यवहार आदि जस्ता घटनाहरु घट्नु अघि नै उनीहरुले आफ्नो रक्षा आफै गर्न सकून् भन्ने उद्येश्यले उक्त तालिमको आयोजना गरिएको वडाध्यक्ष पुनले बताए । उनी भन्छन्,‘यस्ता तालिमले महिला स्वयमलाई भित्रैदेखि बलियो हुन र पर निर्भर हुनबाट जोगाउँछ ।
त्यसैले प्रत्येक छोरीहरुलाई शारीरिक आत्माबल बलियो बनाउनकालागि पनि कराँते सिकाउन आवश्यक हुन्छ ।’ वडाध्यक्ष पुन एक युवा भएको नाताले पनि उनी आफ्नो वडाबासीलाई सबै खाले सेवाहरु प्रदान गर्नकोलागि निकै नै उत्सुक र जुझारु रहन्छन् । नेपालगञ्ज उपाहानगरपालिकामा २३ वटा वडा कार्यालयहरु रहेका छन् । तर ती २३ वटा कार्यालयका उनी एक मात्र त्यस्ता वडाध्यक्ष हुन् जस्ले निवार्चित भएर काम गरेको १०० दिनको प्रगति विवरण प्रस्तुत गरेर वडा बासीलाई आफ्नो कामको पारदर्शिता देखाएर्का थिए ।
उनै वडाध्यक्ष पुनले यो पटक भने छात्राहरुको मनोबललाई उच्च राख्नकोलागि कराँते तालिमको आयोजना गरेर आफ्नो वडाको प्रत्येक छोरीहरुको आत्मबल बढाउने प्रयासमा लागि परेका छन् । उनका अनुसार १ महिनासम्म सञ्चालनमा हुने उक्त कराँते तालिम केवल आधारभूत भएको र यस्ले खेल क्षेत्रमा लाग्नकोलागि प्रेरित गर्ने विश्वास व्यक्त गर्दै तालिममा सहभागी छात्राहरुको उज्जवल भविष्यको कामना पनि गरेका थिए ।
उनले यसै गरी खेलमा लगन र मेहेनत गर्दै अघि बढ्दै गए भविष्यमा आफ्नो वडाका नानीहरुले कराँतेमा आफ्नो पहिचान बनाउन सफल हुनेपनि उनले बताए । वडाध्यक्ष पुनले नेपालगञ्ज डेंगु प्रभावित क्षेत्र भएको हुनाले भर्खरै मात्र सोही वडाको स्वास्थ्य कार्यालयमा आफ्ना वडाबासीहरुको स्वस्थ्य जाँच गराएका थिए ।






