नेपालगन्ज । ९ औं राष्ट्रिय खेलकुद पोखरामा हुने प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरिय खेलाडी छनोट आजदेखि नेपालगन्जमा सुरु भएको छ । प्रदेश स्तरिय खेलका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाका खेलाडी छनोट प्रतियोगिता भाग लिएका छन् ।
असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा हुने ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि बाँकेमा १२ वटा खेलका खेलाडी छनौट सुरु गरिएको हो । प्रदेश स्तरिय खेलकुद छनोट प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका खेलाडीहरु बाँकेमा छनौट गरिने वन मन्त्री तथा ओलम्पीयन खेलाडी सुरेन्द्र हमालले बताएका छन् ।
बाँकेमा शनिबारदेखी १० गते सम्म जारी हुने खेलाडी छनौट प्रतियोगितामा सोमबार भारोत्तोलन, बास्केटबल, बक्सिङ्ग, सुटिङ, पौडी उसू, जुडो, हक्की, जिम्नाष्टिक, कुस्ती, साइकिलीङ्ग, खेलहरुको खेलाडी छनौट हुने बाँके जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष बिरेन्द्र शाहीले जानकारी गराए ।






