बर्दिया । बर्दियाको बासगढी बहुमुखी क्याम्पस बर्दियामा रक्तदान जिवनदान भन्ने मुल नारासहितको जनचेतनामूलक कार्यक्रम सप्पन्न गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज बासगढी नगरसमितीको आयोजना र बासगढी युवा मंच को समन्वयमा बिहीबार उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
नगरसमिती अध्यक्ष बिनोद परियारको सम्योजकत्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला उपाध्यक्ष सन्तोष बास्तोला रहेका थिए भने बिशिष्ट अतिथीहरुमा क्रमश जिल्ला सल्लाहकार बिपिन पौडेल, बासगढी नगर अस्पताल का अध्यक्ष सुरेश रेग्मी लगाएत उक्त क्याम्पसका प्राध्यापकहरु, विद्यार्थी बर्गको ब्यापक उपस्थित रहेको थियो ।
नगर सचीव बिमल सुबेदीले सञ्चालन गरेको उक्त कार्यक्रममा अतिथीलाई स्वागत मन्तव्य बासगढी युवा मंचको उपाध्यक्ष हरिकला अधिकारीले गरेकी थिईन् । रगत नपाएर कसैको पनि अकालमै मृत्यु नहोस् भन्दै १८ बर्ष पुगेसङ्गै रक्तदान महादानको बिषयमा ध्यान केन्द्रित गर्न कार्यक्रममा सहभागी अथितिहरुको भनाइ थियो ।






